चक्कुधारी समूहसँग लडेर कार जोगाए ओजिल र सिडले

  • प्रकाशित मितिः श्रावण 10, 2076
  • 54 पटक पढिएको
  • प्रदेश दर्पण

लन्डनमा आर्सनलका स्टार खेलाडी मेसुट ओजिल र सिड कोलासिनाक चढेको कार चोरीको प्रयास भएको छ। दुई चक्कुधारी व्यक्तिले ओजिल र सिडलाई धम्काएर कार चोर्ने प्रयास गरेका थिए। तर ओजिल र सिडले उनीहरुसँग लडेर कार जोगाएको बीबीसीले जनाएको छ।

उक्त घटनाको भिडियोसमेत सार्वजनिक भएको छ। जहाँ सिडले दुई व्यक्तिसँग लडिरहेको देखिएको छ। ओजिल भने कारभित्रै छन्। भिडियोमा दुवैले चक्कु बोकेको देखिएको छ। यद्यपी उनीहरुले आक्रमण भने गर्न सकेनन्। दुवैलाई कुनै किसिमको चोट नलागेको फुटबल क्लब आर्सनलले जनाएको छ।

प्रतिक्रिया दिनुहोस