निन्द्रा नपुग्दा हुन्छ यस्ताे खतरा

  • प्रकाशित मितिः श्रावण 10, 2076
  • 59 पटक पढिएको
  • प्रदेश दर्पण

काठमाडौं । धेरै सुत्नु र कम सुत्नु स्वास्थ्यका लागि लाभदायक हुँदैन । पर्याप्त निद्रा नपुग्दा त्यसले रोग निम्त्याउँछ, भर्खरै गरिएको एक अनुसन्धानका अनुसार निद्रा नपुग्नाले हृदयसम्बन्धी रोग लाग्न सक्छ । तर, के तपाईंलाई थाहा छ ८ घन्टाभन्दा बढी सुत्नाले पनि हृदयसम्बन्धी रोग लाग्ने खतरा हुन्छ ।

६ घन्टाभन्दा कम सुत्नाले मुटुको धड्कनमा गढबडी आउँछ र त्यो हृदयाघातको कारण हुन सक्ने जानकार बताउँछन । शोधकर्ताका अनुसार ६ घन्टाभन्दा कम सुत्ने र ७–८ घन्टा सुत्नेको तुलना गर्दा ७–८ घन्टा सुत्ने मानिसमा हृदयसम्बन्धी रोग हुने खतरा ३५ प्रतिशतले कम हुन्छ । पर्याप्त निद्रा नपुग्नाले ऐथिरोस्क्लेरोसिसको खतरा पनि हुन सक्छ । ऐथिरोस्क्लेरोसिस एउटा यस्तो रोग हो, जसका कारण धमनीमा ‘प्लाक’ जम्ने खतरा धेरै हुन्छ ।

अध्ययनमा आठ घन्टाभन्दा धेरै सुत्नेहरूमा पनि ऐथिरोस्क्लेरोसिसको खतरा हुने देखिएको छ । अनुसन्धानकर्ताले जो महिला आठ घन्टाभन्दा ज्यादा सुत्छन्, उनीहरूमा मुटुसम्बन्धी रोगको खतरा धेरै हुने पता लगाएका छन् । अध्ययनकर्ताले निद्राको गुणस्तरको यो आधारले हेरे कि कोही रातमा कतिचोटि बिउँझिन्छ र कतिचोटि सुत्ने आसन बदल्छ ।

आरामदायी निद्रा निदाउन सक्नेको तुलनामा रातमा राम्रोसँग निदाउन नसक्नहरूमा मुटुसम्बन्धी रोग हुने खतरा ३४ प्रतिशतले बढी हुन्छ । अर्को महत्वपुर्ण कुरा सामान्यतया सुत्ने र उठ्ने समय फिक्स अर्थात निश्चित हुनुपर्छ । यदी तर्पाइ सामान्यतया राती १० बजेसम्म सुत्नुपर्छ र बिहान ६ बजेसम्म उठेको हुनुपर्छ ।

तर तपाई कहिले राती १० बजे सुत्ने कहिले ११ वा कहिले ९ अनी बिहान उठ्ने समय पनि यस्तो खालको हुनु राम्रो हुँदैन । सामान्य रुपमा हेर्दा राती १० बजे सुतेर बिहान ५ देखि ६ बजेसम्म उठ्नु लाभदायक हुने जानकारहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस