पुजा शर्माकाे एक चलचित्रकाे तलब कति ?

  • प्रकाशित मितिः श्रावण 10, 2076
  • 76 पटक पढिएको
  • प्रदेश दर्पण

काठमाडौं । अहिले नेपाली चलचित्र क्षेत्रमा अभिनेत्री पुजा शर्मा एकदमै चर्चामा रहेको नाम हो । यो बीचमा उनले लिने पारिश्रमिक पनि चर्चाको विषय बन्छ । केहि वर्ष अगाडीसम्म लाखको एकल अंकमा सिमित कलाकारहरूको पारिश्रमिकको अंक केहि समययता लाखको दोहोरो अंकमा पुगेको छ, अर्थात १० लाख माथि पुग्ने भए पछि चर्चा सामान्य नै हो ।

यस्तोमा केहि दिन अगाडी खबर आयो दार्जिलिङका एक निर्माताले निर्माण गर्ने सिनेमाका लागि पूजा शर्माले २० लाख पारिश्रमिक लिएको चर्चा गरियो । केहि सञ्चारमाध्यमहरुले यसलाई प्रमूखताका साथ आफ्नो मनोरञ्जन समाचार आएपछि स्वंयम शर्माले केही कुरा बोलेकी छिन् । हिजो एक फेसबुक स्टाटस लेख्दै उनले प्रकाशित र प्रसारित समाचारप्रति ‘के मैले पुष्टि गरेको छु र ?’

भन्दै प्रश्न गरेपछि कुरा अर्को मोडमा पुगेको हो । त्यसैगरी सो स्टाटसमा उनले ‘मसँग सोधेको हो ? यदि होइन भने त्यसो गर्नुस् । मलाई लाग्छ सबैभन्दा पहिले तथ्यमा उभिनु धेरै राम्रो हुन्छ । सबै शान्तिमा रहनु होला । सबैलाई माया…’ लेखेकी छन् । यो सँगै उनको पारिश्रमिकको विषयमा भएका चर्चाहरु सही वा गलत्त ठम्म्याउन सक्ने अवस्था देखिएको छैन ।

प्रतिक्रिया दिनुहोस