दीलिपको ‘हेल्लो काशीराम’को छायाँकन सुरु

  • प्रकाशित मितिः श्रावण 10, 2076
  • 39 पटक पढिएको
  • प्रदेश दर्पण

काठमाडौं – फिल्म ‘हेल्लो काशीराम’को छायाँकन सुरु भएको छ । सोमबारबाट छायाँकन सुरु भएको फिल्मका कमेडी जनरामा निर्माण हुन लागेको फिल्मका निर्देशक रिम विश्वकर्मा हुन् अभिनेता दीलिप रायमाझी र नवज्योति रसाइलीको मुख्य भूमिका रहने फिल्म पूर्ण हास्यप्रधान बन्ने निर्देशक रीमले बताए ।

फिल्ममा दीलिप र नवज्योतीको अलावा अर्जुन गुरुङ, उमेश मायालु, उमेश राइ, सरोज केसी, सुमन खाँड लगायतका कलाकारको समेत अभिनय रहनेछ । पीबि.थापा सह–निर्माताको रुपमा रहेको फिल्ममा शंकर महर्जनको द्वन्द्ध रहनेछ ।

प्रतिक्रिया दिनुहोस