अस्पतालको बेवास्ताका कारण सुत्केरीको मृत्यु , आफन्त उत्रिए सडकमा

  • प्रकाशित मितिः श्रावण 10, 2076
  • 46 पटक पढिएको
  • प्रदेश दर्पण

काठमाडौं । अस्पतालका कारण बिरामीको मृत्यु भएको भन्दै प्रदर्शन थालिएको छ । त्रिशुली अस्पतालको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै नुवाकोट बेल्कोट्गढी ७ महादेव फाँटका स्थानीयले गल्छी–त्रिशुली सडक बन्द गरेका हुन् । शुक्रबार बिहानै देखि स्थानीयले मृतक महिलाको घर नजिकैको सडकमा टायर बालेर सडकअवरुद्ध गरेका हुन । बिहीबार ३५ वर्षीया गोमा वस्ती अस्पतालमा सुत्केरी भएकी थिइन् ।

अस्पतालले शिशुलाई थप उपचारका लागि काठमाडौं पठाए पनि आमा सामान्य भएको भन्दै काठमाडौं पठाएको थिएन् । तर, अत्यधिक रक्तस्रावले थलिएकी सुत्केरीलाई लापरबाहीपूर्ण तरिकाले अस्पतालमा राखेपछि उनको मृत्यु भएको आफन्तको आरोप छ । बुधबार अस्पताल भर्ना भएकी नुवाकोटको तारकेश्वर गाउँपालिका–५ की ३५ वर्षीया वस्तीले बिहीबार बिहान सामान्य अवस्थामा छोरा जन्माएकी थिइन् । सुत्केरीपछि अत्यधिक रक्तश्रावका कारण बिहीबार नै उनको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस