अन्तिम दास संकार गर्न लगेकी महिला कराएपछी भयाे यस्ताे अच्चम

  • प्रकाशित मितिः श्रावण 12, 2076
  • 51 पटक पढिएको
  • प्रदेश दर्पण

पाल्पा । पाल्पामा अनौठो घटना सार्वजनिक भएको छ । एक महिलाको मृत्यु भएको ठानेर अन्तिम संस्कारका लागि घाटमा लगियो । हिन्दु परम्परा अनुसार घाटमा अन्तिम संस्कार गर्नु अघि नदिमा डुवाउने र नुहाइदिने धार्मीक प्रचलन छ । अन्तिम संस्कारका लागि घाटमा लगिएकी ति महिलाको फेरि उपचार सुरु भएको छ ।

झाडापखालाले सिकिस्त पारेर अस्पताल भर्ना गरिएकी ति महिलामा मुटुको पनि समस्या देखिएको थियो । पाल्पा रैनादेवी गाँउपालिका–१, सिद्धेश्वरकी ३६ वर्षीया नर्मता ज्ञवालीलाई १० दिन सम्म पनि उपचार गर्दा निको नभएपछि आफन्तले नै अस्पतालवाट निकालेका थिए । तानसेनकै युनाइटेड मिशन अस्पतालवाट १० दिनसम्म उपचार पछि आफन्तकै आग्रहमा अस्पतालले सोमबार दिउँसो अक्सिजन लगाएर बिरामीलाई डिस्चार्ज गरेको थियो ।

अक्सिजन निकालेको आधा घण्टापछि बिरामीको ज्यान गएको ठानेर आफन्तले नर्मतालाई सिधै रिँडी घाट पुर्‍याएका थिए । आधा शरीर पानीमा डुबाएको केही समयपछि बिरामी चल्न र कराउन थालेपछि तत्कालै गुल्मीको रिँडी प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याइएको थियो । स्वास्थ्यकर्मीले धड्कन र नाडी चलेकाले थप उपचारका लागि अस्पताल लान सुझाव दिए ।

त्यसपछि सोमबार बेलुकी लुम्बिनी मेडिकल कलेज प्रभासमा भर्ना गरी नर्मताको उपचार भैरहेको छ । झाडापखालाकी बिरामी ज्ञवालीलाई मुटुको समस्या देखिएको थियो । मुटुको बिरामी भएको थाहा भएपछि ‘पैसाको अभाव छ’ भन्दै आफन्तले बिरामीलाई डिस्चार्ज गर्न दबाब दिएको मिशन अस्पताल तानसेनले जनाएको छ । युनाइटेड मिशन अस्पतालमा १० दिनसम्म उपचार गर्दा ७३ हजार ६ सय ७८ रुपैयाँ खर्च भएको र खर्चमध्ये ५६ हजार ९ सय ६३ रुपैयाँ स्वास्थ्य बीमाबाट काटिएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस