सेनाले गाली चलाउदा १२ दिने शिशुको मृत्यु

  • प्रकाशित मितिः श्रावण 14, 2076
  • 83 पटक पढिएको
  • प्रदेश दर्पण

एजेन्सी । कश्मिरको पुलवामा आ’क्रमणपछि भारत पाकिस्तानबीच सिमामा अझै पनि समस्या कायमै छ । दुबै देशले सिमा क्षेत्रमा अत्याधुनिक हतियारसहित स्पेशल फोर्स तैनाथ गरिराखेको छ । पुलवामा आ’क्रमणपछि दुबै देशबीचको अघोषित युद्ध रोकिए पनि सिमामा दैनिक जसो गो’लावारी हुने गरेको छ । बिषेश गरी पाकिस्तानी पक्षबाट आएको गो’ली लागेर पुलवामा आ’क्रमणपछि केही सैनिक र सर्वसाधारणहरुको ज्या’न गईसकेको छ ।

भारतीय संचारमाध्यमले पाकिस्तानी सेना र सुरक्षाकर्मीहरुले जानीजानी नियन्त्रण रेखा आसपासमा गो’ली प्रहार गर्ने गरेको आरोप लगाउँदै आएको छ। यसबीच केही दिन अघि मात्र पाकिस्तानी वन अफिसरले चलाएको गो’ली लागेर एक सैनिकको मृत्यु भएको एक दिन पनि नबित्दै करिश्मरमा पाकिस्तानी पक्षबाट चलेको गो’ली लागेर १२ दिने शिशुको मृत्यु भएको छ भने २ जना गम्भीर घाईते भएका छन् ।

 

आईतबार र सोमबार पुंछ जिल्लाको शाहपुर गाँउमा पाकिस्तानी गो’लावारीबाट १२ दिने शिशुको मृत्यु भएको हो । बेलुकी खाना पकाईरहेको बेला पाकिस्तानबाट आएको गो’ली घरभित्र पस्दा ३ जना घाईते भएका हुन् । जसमा १२ दिने शिशुको उपचारको क्रममा मृत्यु भएको हो । भारतीय मिडियाले पाकिस्तानले आईतबार बेलुकाबाट सुरु गरेको गो’लावारी सोमबार बिहानसम्म चलेको दाबी गरेको छ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस