नियम माथि अर्काे नियम थुपार्दै सरकार , अब बिवाहमा ५१ जना मात्रै जन्ति जान पाइने , रू ५१ भन्दा बढी दक्षिणा दिन नपाइने

  • प्रकाशित मितिः श्रावण 14, 2076
  • 58 पटक पढिएको
  • प्रदेश दर्पण

विभिन्न सामाजिक व्यवहारमा विकृति आइरहेको अवस्थामा मकवानपुरकाे मकवानपुरगढी गाउँपालिकाले सामाजिक व्यवहार ऐन, २०७५ गाउँसभाबाट पास गरी लागू गरेको छ।गाउँपालिकाले जारी गरेको ऐनमा विवाह गर्दा दाइजो लिनदिन नहुने, विवाहमा सहभागी हुँदा केटी वा केटा पक्षबाट आमन्त्रण गरिएको छरछिमेक र इष्टमित्रले एक

हजार रुपैयाँभन्दा बढीको जिन्सी उपहार वा नगद लिनदिन नहुने उल्लेख छ। यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ। यस्तै जन्दी जाँदा बाजागाजासहित ५१ जनाभन्दा बढी जन्ती लैजान नहुने, केटा वा केटी पक्षले विवाह भोजमा नजिकका नातेदारबाहेक ५१ जनाभन्दा बढीलाई आमन्त्रण गर्न नपाइने ऐनमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस