इटहरीकाे बजारमा कुहिएकाे मासु : १६ पटक अनुगमन , उपलब्धी शुन्य

  • प्रकाशित मितिः आश्विन 16, 2076
  • 46 पटक पढिएको
  • प्रदेश दर्पण

इटहरी ।  हिन्दु नेपालीहरूको महान पर्व बडा दशै सुरू भएसंगै इटहरीको मासु पसलमा अहिले उपभोक्ताहरूको घुइचो लाग्ने गरेको छ ।

चाडपर्व नजिकिएसंगै बजारमा उपभोक्ताको भिड बढनु स्वोभाविकै हो । स्वस्थ्य मासु पाइन्छ भनेर बजार आएका उपभोक्ताहरू मासु ब्यवसायीको लापरवाहिका कारण दैनिक ठगिने गरेको पाइएको छ । स्वस्थ मासु भन्दै ब्यवसायीहरूले सडेको मासु फ्रिजमा राखेर उपभोक्तालाइ दिने गरेको प्रमाण इटहरीमा भेटिएको छ ।

इटहरी उपमहानगरले बुधबार र बिहीबार गरेको बजार अनुगमनमा मासु पसलमा हुने बेथितिहरू एकाएक बाहिर आएका हुन । खशीको भन्दै बाख्राको मासु काटेर बेच्ने , मरेको खशी काटेर मासु फ्रिजमा राखेर बिक्री बितरण गर्ने जस्ता बिकृति अनुगमनबाट फेला परेको छ ।

त्यति मात्र नभइ अनुगमनकै क्रममा तौलमा समेत ठगि भइरहेको पाइएको छ ।बुधबार उपमहानगरले इटहरीकाे बिभिन्न स्थानमा रहेका मासु पसलहरू अनुगमन गर्दा अधिकांसकाे हालत यस्तै देखिएकाे थियाे । इटहरीकाे आइतबारेमा सञ्चालन भइरहेकाे प्रकास फ्रेस हाउसमा कुहिएकाे अवस्थामा बाेइलर कुखुराकाे मासु फेला परेकाे थियाे ।

masuफ्रिजमा पुरै जमेर बरफ भइ बसेकाे करीब ५० किलाे कुखुराकाे मासु अनुगमन टाेलिले पसल सञ्चालकलाइ तत्काल सफा गर्नुभनि एक पटक चेतावनि दिएर छाेडेकाे थियाे । त्यस्तै आइतबारे क्षेत्रमै सञ्चालन हुदै आएका अधिकांस मासु ब्यवसायीहरूले उपभाेक्ताहरूकाे हित बिपरीत मनपरी मुल्य कायम गरेर खशीकाे मासु बिक्रि बितरण गरिरहेकाे पाइएकाे छ ।

कुनै स्थानमा प्रति किलाे रू८ शय , कुनैमा ९५० र कुनैमा रू १४ शय सम्म खशीकाे मासु बिक्री हुने गरेकाे फेला परेकाे थियाे । अनुगमन टाेलीले यस्ता ब्यापारीहरूलाइ कार्वाहि गर्नुका सट्टा एक पटक चेतावनि भन्दै छाडिदिएका छन ।

अनुगमनकै क्रममा इटहरीकाे बिपि चाैक छिर्ने मुखैमा सञ्चालन हुदै आएका मासु पसलमा सडेकाे अवस्थामा खशीकाे मासु बरामद भएकाे थियाे । अनुगमनकाे टाेलि देखे लगत्तै इटहरी मिट सेन्टरका सञ्चालक इशान हुसैनले फ्रिजमा राखेका सडेका मासु हतार हतार बाेरामा हालेर फाल्न लैजादै गर्दा बाटैमा बरामद गरीएका थिए । अनुगमन टाेलिले मासुकाे अवस्था सडेर दुर्घन्ध फैलिएकाे देखेपनि नियन्त्रणमा रहेका ब्यवसायी हुसैनलाइ पनि त्यतिकै छाडिदिएका थिए ।

साे क्षेत्रमा अधिकांस मासु ब्यवसायीहरूले दर्तै नगरी ब्यवसाय सञ्चालन गरेकाे पाइएपनि नियमनकारी निकाय माैन रहेर एक पटक चेतावनि भन्दै छाडिएका थिए । यति मात्र नभइ ब्यवसायीहरूले प्रयाेग गर्ने ढक तराजु समेत अवैध भेटिएकाे थियाे ।अनुगमन टाेलिले साे ढकहरू आफ्नाे नियन्त्रणमा लिइसकेकाे छ ।

Masu 3अनुगमन टाेलिले इटहरीकाे हटीयालाइनस्थित पशु बधशाला , संगित चाैक , बसपार्क माेडने राजमार्ग , आइतबारे लगायतका क्षेत्रमा रहेका मासु पसलहरू अनुगमन गरेका थिए ।

इटहरी उपमहानगर अन्तरगत उपभाेक्ता हक हित संरक्षण शाखाकि अधिकृत प्रकृति चाैगाइकाे संयाेजकमा भएकाे बजार अनुगमनमा घरेलु तथा साना उद्याेगका कर्मचारी , प्रहरी प्रशाशन , बाताबरण शाखाका कर्मचारी , उपभाेक्ता मञ्चका पदाधिकारी , नागरिक समाज , पत्रकार लगायतकाे उपस्थिति रहेकाे थियाे ।

वर्षमा १६ पटक बजार अनुगमन

अघिल्लाे वर्ष २०७५ ।७६मा मात्रै इटहरी उपमहानगरले ११ पटक खाद्य तथा गुणस्तरीय नाप ताैल बिभाग बिराटनगरबाट ३ पटक र घरेलु तथा साना उद्याेगबाट ३ पटक गरी १६ पटक बजार अनुगमन गरिएकाे फायल रेकर्डमा भेटिएकाे छ ।

उक्त रेकर्ड अनुसार याे आर्थिक वर्ष ७६ । ७७काे साउन पहिलाे साता देखी अहिले सम्ममा इटहरी उपमहानगरले मात्रै ९ पटक बजार अनुगमन गरिसकेकाे रेकर्ड छ । बेग्ला बेग्लै मितिमा गरिउकाे अनुमनलाइ हेर्ने हाे भने अहिले सम्म कुनै व्उवसायीलाइ एक रूपैया पनि जरिवाना गरिएकाे पाइएकाे छैन ।

कानुनि प्रावधान अनुसार कुनै पसलमा अखाद्य बस्तु बरामद भए , बिना दर्ता व्यवसाय सञ्चालन गरे वा उपभाेक्ताकाे हित बिपरीत कुनै काम गरे त्यस्ता व्यवसायीलाइ कालाेबजारी एेन अन्तरगत ५० हजार देखि ५ लाख सम्मकाे जरिवाना र २ वर्ष सम्म जेल सजाय ताेकिएकाे छ ।

तर बजार अनुगमन गर्ने निकायले अनुगमनकाे क्रममा  आँखै अगाडी  पटक पटक अखाद्य बस्तुहरू भेटाउने गरेपनि कुनै ब्यापारीलाइ कार्वाहि गर्न सकेकाे छैन ।  त्यस्ता व्यवसायीहरूलाइ एक पटक चेतावनि भन्दै छाडने गरेकाे छ जसका कारण चाडपर्वमा ति ब्यापारीकाे मनाेवल अझ बढेर जानुका साथै कालाेबजारीले प्रसय पाउने प्रस्ट देखिएकाे छ ।

 मुख्य चाैकमा मात्रै अनुगमन

अहिले इटहरी क्षेत्रफलकाे हिशाबले पनि एक बिशाल सहरकाे रूपमा स्थापित भइसकेकाे छ । एकम्बा , पकली र हाँसपाेसा गाभिएर उपमहानगर बनेकाे यस इटहरीमा अहिले प्राय जुनसुकै कार्यक्रमहरू हुदा या अनुगमन हुदा मुख्य चाैकलाइ मात्र केन्द्रित गरेर गर्ने गरेकाे पाइन्छ ।

बजार अनुगमनलाइ नै हेृने हाे भने इटहरीकाे मुख्य चाैक र अासपासका क्षेत्रहरूलाइ मात्र केन्द्रमा राखेर अनुगमन गर्ने गरिन्छ । इटहरीसंगै  हाँसपाेसा , पकली र एकम्बामा पनि एकै साथ अनुगमन हुनुपर्ने उपभाेक्ता मञ्च नेपाल सुनसरीका अध्यक्ष ठगेन्द्र प्रशाद अाचार्यकाे भनाइ छ ।

यता इटहरी चाैकमा मात्र अनुगमन हुदा भित्री भागहरूमा भने बेथिति कायमनै रहने उपभाेक्ताहरूकाे भनाइ छ । अन्य क्षेत्रमा बजार अनुगमन नहुदा चाडपर्वकाे नाममा कालाेबजारीले ठाउ पाएकाे उपभाेक्ताहरूकाे भनाइ छ ।

प्रतिक्रिया दिनुहोस