इटहरीको बजेट १ अर्ब ५० करोड ८९ लाख : रात्रिकालिन बजारलाई ४० लाख : सडकमा मात्रै करोड लगानी , बिकाश निर्माणलाई बिशेष प्राथमिकता

  • प्रकाशित मितिः असार 21, 2075
  • 2057 पटक पढिएको
  • इटहरी दर्पण

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालीकाले आर्थिक बर्ष २०७५ , ७६कालागि कुल १ अर्ब ५० करोड ८९ लाख ४ हजार बिनियोजन गरेको छ । उपमहानगरको बुधबार दिउसो सम्पन्न तेश्रो नगरसभाबाट सो परिमाणको बजेट प्रारीत भएपछि बिहीबार पकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो । उपमहानगरकी उपमेयर लक्ष्मि गौतमले पत्रकार सम्मेलन मार्फत सो बजेट पारीत भएको सार्वजनिक गरेकि हुन ।

यस अघि गत असार १० गते पनि १ अरब ३७ कराेडकाे बजेट सार्वजनिक भएकाे थियाे तर नेपाली कांग्रेसका वडाध्यक्षहरूले चित्त नबुझेकाे भन्दै बाहिस्कार गरेपछि पुन तेश्राे पटक बसेकाे नगर सभाबाट अर्काे बजेट पारीत भएपछि बिहीबार उपमहानगरकी उपप्रमुख एवंम बजेट तथा योजना तर्जुमा समितिकी संयोजक लक्ष्मी गौतमले आर्थिक बर्ष २०७५ , ७६कालागि कुल १ अर्ब ५० करोड ८९ लाख ४ हजारकाे बजेट सार्वजनिक गरेकि हुन ।

सार्वजनिक गरीएको बजेटमा इटहरीलाई नमुना सहर निर्माण देखी रात्रिकालिन बजार सञ्चालन गर्ने र बिकास निर्माणलाई बिशेष प्राथमिकतामा राखिएको बताएको छ । प्रदेश नं एकको सम्भावित राजधानी इटहरीलाृइ आगामि बर्ष हरीयाली भित्रको शहर निर्माण गरी नेपालकै नमुना उपमहानगर तथा पर्यटकीय क्षेत्रको बिकासकालागि बजेट मार्फत बिशेष योजना अघी ल्याइएको उल्लेख उपमेयर गौतमले पत्रकार सम्मेलनमा जानकारी गराइन । उनले समस्त नगर बिकासकालागि यो बजेट पारीत गरिएको पनि बताइन ।

इटहरीमा रात्रीकालिन बजारको आवस्यकता रहेको बताउदै यहि आर्थिक बर्षदेखि सुचारू हुने गरी ४० लाखको बजेट बिनियोजन गरिएको बताइएको छ । त्यसैगरी हरेक वडालाई हरियाली बनाउन टोल टोलमा बृक्षारोपण एवम सरसफाई लगायतका कार्यक्रमहरूलाृइ पनि बजेट बिनियोजन गरिएको बताइएको छ ।

पूर्वको केन्द्र संगै पछिल्लो समय पर्यटकिय क्षेत्रको उपनामले पनि चिनिदै गएको इटहरीमा तत्काल सार्वजनिक शौचालयको अभाव खडकिएको र बढदो जनगुनासोलाई मध्यनजर गर्दै उचित स्थानमा सार्वजनिक शौचालय निर्माणकालागि आवस्यकिय बजेट बिनियोजन गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । त्यस्तै पर्यटन क्षेत्रको प्रवर्दन , शिक्षाको बकास , इटहरीको प्राथामिक स्वास्थ्य केन्द्रलाृइ थप सुविधायुक्त बनाइने , भौतिक पूृवाधार निर्माण लगायत अहिलेको मुख्य समस्याको रूपमा रहेको फोहोर ब्यवस्थापनलाई पनि बजेटले समेटेको बताइएको छ ।

सडकमा करोड लगानी

यसैबिच इटहरी उपमहानगरले बजेट बिनियोजन गर्ने क्रममा सबैभन्दा बढी लगानी सडक निर्माणमा लगाएको देखिएको छ । इटहरी २० तरहरा स्थित मुख्य बजारबाट वार्ड नं १९ जोडने सडड निर्माणकालागि रू एक करोड लगानी गरेको उपमेयर लक्ष्मि गौतमले बताइन ।

त्यसै गरी इटहरीको अधिकांस सडक निर्मार्णमा ६० देखी १ करोड सम्म लगानी गरिरहेको पनि पत्रकार सम्मेलनमा बताइएको छ । इटहरीको तालतलैया जोडने सडक मर्मतमा मात्रै ६५ लाख लगानी गरेको उपमहानगरले जनाएको छ । इटहरी ५ कलंकि चौकमा पार्क निर्माण देखि गरिबि निवारण र आर्थिक क्रान्ति सम्मको कार्यक्रमहरू उपमहानगरले बजेट मार्फत सम्बोधन गरेको छ ।

प्रतिक्रिया दिनुहोस