पुरुषकाे पहिलो नजर महिलाको के मा पर्छ ? यस्ता छन बैज्ञानिक तथ्य !

  • प्रकाशित मितिः आश्विन 27, 2076
  • 87 पटक पढिएको
  • प्रदेश दर्पण

हाम्रो समाजमा महिला र पुरुषलाई एक रथका दुई चक्का भन्ने गरिन्छ । महिलाबिना पुरुष र पुरुषबिना महिलाको कल्पना गर्न गाह्रो हुन्छ । हामीले कुनै व्यक्तिको शरीरको बनावट, रंग, बोली तथा व्यवहारको आधारमा पनि मान्छेको स्वभावको बारेमा पत्ता लगाउन सकिन्छ । त्यसैगरि पुरुषले पहिलो पटक महिलालाई हेर्दा कस्तो कुरामा विशेष ध्यान दिन्छन् त ?

यो कुरा धेरै महिलाहरुको लागि चासोको विषय बनेको हुन सक्छ । धेरै जसोलाई लाग्ला पुरुषले महिलाको शरीरको अंग हेर्ने गर्छन् तर, यो गलत हो । एक अध्ययनका अनुसार पुरुषहरु पहिलो पटक मै महिलाहरुको मुस्कानमा फिदा भएको पाइन्छ । एकै नजरमा पुरुषहरुले महिलाबाट एक मिठो मुस्कानको अपेक्षा गरेको हुन्छ ।

मुस्कुराइरहने केटिसँग कुरा गर्न निकै सजिलो हुने भएकोले पुरषहरु यस्ता महिलाहरुसंग छिट्टै आकर्षित हुने गरेको पाइन्छ । मुस्कानबाट लट्ठ भए पछि एक पुरुषले महिलाहरूको स्वरलाई बिशेष ध्यान दिएको हुन्छ । युवतीको जवानी र प्रजनन स्वास्थ्यलाई थाहा पाउने आधार भएको कारणले पनि पुरुषहरु महिलाको आवाजमा लट्ठीने गर्छन् । शरीरको अंगभन्दा पनि पुरुषले महिलाहरुको आँखामा बढी ध्यान दिने गर्छन् ।

आँखाले एक मानिसको बारेमा धेरै कुरा बताउने भएको कारणले पहिलो नजरमा पुरुषले एक महिलासंग आँखा जुधाएर हेर्न खोज्छन् । यसपछि पुरुषले एक महिलाको कपाल खुल्ला छ कि बाँधिएको छ भनेर विशेष चासो दिने गरेको पाइन्छ । आफूलाई मनपरेको महिलाको कपाल खेलाउन पुरूषहरूको चाहना हुने हुँदा पुरूषहरूले खुल्ला कपाल भएको महिलाहरु मन पराउने देखिन्छ ।

यसपछि पुरुषले एक महिलाको शरीरको तौल, उसका हात, खुट्टा, छाला तथा लुगा लगाउने तरिका हेर्ने गर्छन् । पुरुषहरुलाई दुब्लो भन्दा पनि अलि अलि मोटो, स्वास्थ्य महिलाहरु मन पर्ने हुन्छ । धेरै जसोलाई लाग्ला पुरुषहरुलाई लुगाको विषयमा धेरै कुरा थाहा नहुन सक्छ भनेर तर, तपाईँ गलत हुनुहुन्छ । यस्तो कुरामा चासो नदेखाएपनि पुरुषहरुलाई यस्तो विषयमा सबै कुराहरु थाहा भइरहेको हुन्छ ।

प्रतिक्रिया दिनुहोस