बालबालिकामा मोटोपनको समस्या विकराल बन्दै, किन हुँदैछ यस्तो?

  • प्रकाशित मितिः आश्विन 29, 2076
  • 53 पटक पढिएको
  • प्रदेश दर्पण

मुलुकमा ५ देखि १९ वर्षका बालबालिका र किशोरकिशोरीमा हुने मोटोपना पछिल्ला ४० वर्षमा २९ प्रतिशतले बढेको छ।यो समस्या कमसल खानाले गर्दा बढेको खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

‘विश्वका बालबालिकाको अवस्था–२०१९ बालबालिका, खाना र पोषण’ सम्बन्धी युनिसेफले मंगलबार जारी गरेको प्रतिवेदनमा कमसल खानाले विश्वभरकै बालबालिकाको स्वास्थ्यलाई बिगारिरहेको निष्कर्ष छ।

नेपालमा ५ देखि १९ वर्ष उमेर समूहका १३ जनामध्ये १ जनामा मोटोपनाको समस्या छ।नेपालमा करिब ३६ हजार बालबालिकामा मोटोपनाको समस्या छ।

११ लाख बालबालिका कुपोषणले गर्दा पुड्का छन्, भने करिब २ लाख ९० हजार बालबालिका ख्याउटे रहेका युनिसेफले जनाएको छ।त्यस्तै १३ लाख बालबालिकामा भिटामिन ए, आइरन लगायतका पोषण तत्वको कमी छ।

३८ प्रतिशत बालबालिकाले ६ महिनादेखि २ वर्षबीच फलफूल वा तरकारी खान पाउँदैनन्।प्याकेटका तयारी खानेकुराको बढ्दो प्रयोगले बालबालिकाको जीवनमा नकारात्मक असर गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस