तपाइ पत्याउनु हुन्छ : साङलाको जुस खादाँ स्वास्थ्यमा हुन्छ यति धेरै फाइदा

  • प्रकाशित मितिः आश्विन 29, 2076
  • 131 पटक पढिएको
  • प्रदेश दर्पण

एजेन्सी । घर तथा कोठाभित्र र अझ भान्सामै साङ्ला देख्दा हामीलाई घिन लाग्छ । तर चीनमा भने मानिसहरु साङ्ला खानुका साथै त्यसको जुस समेत पिउने गर्दछन् । चीन लगायतका केही एसियाली देशमा साङ्लालाई तेलमा तारेर खाने गरिन्छ । चीनको शिचांग सहरमा एक औषधि कम्पनीले हरेक वर्ष ६ सय करोड साङ्ला उत्पादन गर्दछ । पालिएका साङ्लाहरु वयस्क भएसँगै संकलन गरी पिँधेर लेदो बनाइन्छ । यसरी सांग्लाको जुस तयार गरिन्छ र परम्परागत औषधिको रुपमा बिक्रि गरिन्छ ।

पेटको अल्सर, स्वासप्रस्वास सम्बन्धी रोग, वान्ता आउने लगायतका रोगको उपचारमा यसको प्रयोग गर्ने गरिएको छ । चिनियाँ विज्ञका अनुसार साङ्लाको जुस वास्तवमा चमत्कारी औषधिको रुपमा काम गर्दछ । यसले अनेक खालका रोग निको पार्दछ । चीनमा बुढापाकाहरुको जनसंख्या बढिरहेको छ र त्योसँगै मानिसमा स्वास्थ्य समस्या पनि बढ्दैछन् । यस्तोमा सस्तो तथा स्थानीय रुपमा उत्पादित औषधिको माग उच्च छ । त्यसकारण पनि चीनमा साङ्लाको जुस निकै लोकप्रिय बनिरहेको छ ।

प्रतिक्रिया दिनुहोस