पर्यटक लाेभ्याउन धनकुटामा बन्याे रूद्राक्षकाे स्तम्भ

  • प्रकाशित मितिः कार्तिक 1, 2076
  • 569 पटक पढिएको
  • प्रदेश दर्पण

  • काेकिला भण्डारी 

धनकुटा । महालक्ष्मि नगरपालिका जितपुर वडा नम्वर ७ मा पात सहितको ६ मुखे रूद्राक्षको स्तम्भ निर्माण गरिएको छ । महालक्ष्मि नगरपालिकाको आठ लाख बजेटमा निर्माणाधिन स्तम्भ नगरपालिकाका मेयर पर्शुराम नेपालले उद्घाटन गर्नु भएको थियो ।

महालक्ष्मि नगरपालिका जितपुर धनकुटाका मेयर पर्शुराम नेपालका अनुसार उक्त क्षेत्रका ६ वटा गाविस मिलाएर महालक्ष्मि नगरपालिका बनाएको हुदा उक्त पहिचानका लागि ६ मुखे रूद्राक्षको स्तम्भ निर्माण गरिएको हो ।

उनका अनुसार यस क्षेत्रमा बढिमात्रामा रूद्राक्ष फल्ने भएकाले रूद्राक्ष कै माध्यमबाट धनकुटालाई चिनाउने र आर्थिक सम्बृद्दि गरि स्थानीयको आयश्रोतमा बृद्दि गर्ने उद्देश्यले स्तम्भ निर्माण गरिएको हो ।

जिल्लामा आउने आन्तरिक तथा बाह्य पर्यटकहरूलाइ लाेभ्याउन तथा मन जित्ने उद्देश्यले निर्माण गरिएको स्तम्भले  पर्यापर्यटनक्षेत्रकाे विकास गर्न सकिने महालक्ष्मि नगरपालिकाले जनाएकाे छ । 

प्रतिक्रिया दिनुहोस