बराहक्षेत्रका जगतगुरू बालसन्तलाइ भारतमा सम्मान

  • प्रकाशित मितिः कार्तिक 2, 2076
  • 491 पटक पढिएको
  • प्रदेश दर्पण

  • संगम विष्ट

चतरा । जगदगुरु वालसन्त मोहन शरणलाई महाराष्ट्र भारतको वृन्द्रावनमा सम्मानपूर्वक पिठ्युमा बोकेर स्बागत गरिएको छ । नेपालमा चौथो पटक कुम्भ मेला आयोजना गरि भक्तहरुसाथ १५ दिने तिर्थ यात्रामा भारत पुगेका वालसन्तलाई कृष्ण नगरी बृन्द्राबनमा महाराज सन्त अखाडाले बाजागाजा सहित पिठ्युमा बोकेर अखाडामा प्रवेश गराउँदै स्वागत गरेको हो । जगदगरु पीठ भामकेनि धामका प्रवक्ता बिक्रम धामिले उक्त कुरा जानकारी दिएका हुन् ।

उनका अनुशार वृन्द्रावनमा नेपाल र भारतका सयौ भक्तहरुले वालसन्तलाइ पिठ्युमा बोकेर फुल गुच्छा सहित नगर परिक्रपमा गराए ।बालसन्त ९ बर्ष अघि बृन्द्राबनबाटै २०६७ बैशाख १ गते वालसन्त जगदगुरु घोषीत भएका थिए ।

वालसन्तलाई जगदगुरु घोषणा गर्दा नेपाल सरकारको सहमति र उपस्थिति रहेको थियो । मेलाको पनि महामेला कुम्भ उत्सव चतरामा लगाएर जगदगुरु घोषणा भए पछि उनले चतरालाई चतराधाम र चतराले उनलाई गुरुबाट जगदगुरु बनायो भनेर व्यापक प्रशंसा भएको जगदगुरु पिठ चतराधामका महासचिब प्रल्लाद भट्टराईले बताए ।

नेपालीहरुलाई धर्मको माध्यमबाट जोड्न सकिने चिन्तन राखेका सनातन धर्मका अभियन्ता बालसन्त नेपालका प्रथम जगदगुरु हुन् । जगद्गुरु घोषित भएपछि सरकारले उनको सम्मानमा ललितपुरको संखमुलमा जगंबहादुरको छोरा जगतजंगले बनाएको जगदनारायणको मन्दिरमा जगदगुरुलाई निवासको रुपमा बस्ने ब्ययस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस