यस्ता व्यक्तिले झुक्किएर पनि पिउनु हुदैन ग्रिन टी !

  • प्रकाशित मितिः कार्तिक 2, 2076
  • 155 पटक पढिएको
  • प्रदेश दर्पण

एजेन्सी। समाजमा भनिन्छ, ग्रिन टी निकै स्वस्थकर हुन्छ। त्यसैले आजभोलि ग्रिन टी पिउने प्रचलन निकै बढेको छ। तर, स्वस्थकर हुँदाहुँदै पनि ग्रिन टी कतिपयका लागि चाहिँ हानीकारक हुनसक्छ। त्यसैले केही व्यक्तिले चाहिँ ग्रिन टी पिउनै हुँदैन।

त्यस्ता केही व्यक्ति जसले ग्रिन टी पिउनु हुँदैन:

१. रक्तचाप न्यून भएका व्यक्तिले खाली पेटमा ग्रिन टी पिउनु हुँदैन। तर, खाना खाएपछि कालो नुन थपेर दिनमा एक कपसम्म भने लिन सकिने चिकित्सकहरुले बताएका छन्।

२. महिनावारी भएको तीन दिनसम्म ग्रिन टी खानु हुँदैन।

३. गर्भावस्थाको पहिलो तीन महिना र डेलिभरी हुनुभन्दा दुई महिना पहिलेदेखि ग्रिन टीको प्रयोग गर्नु हँदैन ।

४. स्तनपान गर्ने र गराउनेले पनि ग्रिन टी पिउनुहुँदैन ।

५. किमो वा अन्य थेरापी लिएका बिरामीले ४२ दिनसम्म ग्रिन टीको सेवन गर्नु हुँदैन।

६. हृदयसम्बन्धी रोगीले कुनै प्रकारको रासायनिक औषधिको सेवन गरी ग्रिन टी पिउनुहुँदैन।

७. रगतलाई पातलो बनाउने औषधि सेवन गरेकाले पनि ग्रिन टी नपिउँदा राम्रो हुन्छ ।

कति पिउने ?

स्वस्थ मानिसले दिनको तीन कपसम्म ग्रिन टी पिउँदा हुन्छ।

प्रतिक्रिया दिनुहोस