आयुर्बेद ब्यवसायीले बृद्धाश्रममा गएर मनाए धन्वन्तरी जयन्ती तथा राष्ट्रीय आरोग्य दिवस

  • प्रकाशित मितिः कार्तिक 10, 2076
  • 248 पटक पढिएको
  • प्रदेश दर्पण

बिर्तामोड  / नेपाल आयुर्बेद औषधी ब्यवसायी संघ झापा शाखाले धन्वन्तरी जयन्ती तथा राष्ट्रीय आरोग्य दिवस बृद्घाआश्रममा मनाएको छ । संघले बिर्तामोडमा ४ मा रहेको बृद्वाआश्रमका बृद्धबृद्घालाई खाना खुवाएर धन्वन्तरी जयन्ती तथा राष्ट्रीय आरोग्य दिवस मनाएको हो ।

नेपाल आयुर्बेद औषधी ब्यवसायी संघ झापा शाखा चुडाराज खनालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख आतिथ्यता बिर्तामोडनगर वडा नम्बर ४ का वडाअध्यक्ष कलुप्रसाद सँग्रौलाको प्रमुख आतिथ्यता रहेको थियो ।

 सो अवसरमा बोल्दै वडाध्यक्ष सँग्रौलाले स्वास्थ्य उपचार सर्बसुलभ पाउने जनताको अधिकार भएकाले स्थानिय सरकार आयुर्वेद संस्थासँग स्थानिय सरकार सहकार्य गर्न तयार रहेको बताउनु भयो । आफ्नो वडामा ३० ओटा भन्दा बढी टोल बिकास संस्था भएकाले  यसैबाट वडावासीलाई आयुर्वेदका विसयमा जानकारी दिन सहज हुने धारण ब्यक्त गर्नुभयो साथेै उहाले गलत गरेमा भने कारवाही गर्न बाध्य हुने समेत बताउनुभयो ।

कार्यक्रममा नेपाल औसधी ब्यवसायी सँघ केन्द«ीय सदस्य शर्मीला शाक्य सचिब छबिरमण अधिकारीको बिशिष्ठ आतिथ्यता रहेको थियो । जिल्ला सल्लाहकार समिती संयोजक रणदेव हजाम , जिल्ला उपाध्यक्ष प्रदिप खरेल,संघका प्रदेश अध्यक्ष जगत बहादुर भट्टराई लगायतको आतिथ्यता रहेको थियो ।  

प्रतिक्रिया दिनुहोस