झापामा नेपालकै ठुलाे क्यान्सर अस्पताल बन्दै : हेलीप्याड सहितकाे ११ तले भवनबाट सेवा दिने

  • प्रकाशित मितिः कार्तिक 13, 2076
  • 716 पटक पढिएको
  • प्रदेश दर्पण

  • विजय बराल

झापा / झापाको विर्तामोडमा रहेको विएण्डसी टिचिङ्ग हस्पिटलको हाता भित्र निर्माण भईरहेको पूर्वाञ्चल क्यान्सर हस्पिटलको उदुघाटन नजिकिदै गर्दा हस्पिटलले भौतिक पूर्वाधारको कामलाई दशै तिहार चाडबाड नभनी तिव्ररुपमा काम गर्दै आएको छ ।

विश्वको महंगो र प्रभावकारी क्यान्सर उपचार सम्वन्धि रेडिएसन मेसिन उपकरण अति सम्वेदनसिल कोठामा जडान भैसकेको छ । यहि मंसिर १५ गते देखि क्यान्सर ओपिडि सेवा पनि सञ्चालन हुने भएको छ । ९०० किलो मिटर वरिपरि क्यान्सर उपचार सम्वन्धि सेवा नभएको दावी गर्दै आएका दुर्गा प्रसाईले यतिवेला आप्नो तन मन धन समय सवै क्यान्सर अस्पतालकै सञ्चालनको लागी सुम्पिएका छन ।

चारसय कामदार पूर्वाधार निर्माणका लागी यूद्धस्तरमा खटिएका छन । यूरोप अमेरिका जस्ता राष्ट्रमा देखिने क्यान्सर उपचारमा प्रयोग गरिने यो मेसिन नेपाल भित्रिएपछि नेपालीहरुको गौरव वनेको छ ।

बातावरण प्रदुषणको कारण नेपालमा क्यान्सर रोगीको सख्या दिन प्रतिदिन बढदै गएको छ । नेपालको काठमाडौ ,, भक्तपूर, भरतपुर जस्ता केहि ठाउमा क्यान्सर उपचारका अस्पताल भएपनि विरामीको सवै उपचार एकैठाउमा हुन सकिराखेको छैन र विरामीले सास्ती वेहोर्न परिरहेको छ । एकै ठाउमा क्यान्सरको उपाचार हुने त्यो पनि विश्वको अत्याधुनिक मेसिनको माध्यमबाट हुने थाहा पाएका क्यान्सरका विरामीहरुले अव विएण्डसीको यो सेवा कहिले सञ्चालन हुन्छ भनेर पर्खि राखेको अवस्था रहेको छ ।

can यहि पौष महिनादेखि अत्याधुनिक किमो थेरापी , रेडिएसन ,हार्ड सर्जिकल ,एमआर आई क्लिनिक अन्कोलोजिष्ट लगाएत मेडिकल तथा रेडिएसनका क्यान्सर सम्वन्धि डाक्टर हरुको दक्ष जनसक्ति पनि तयार भैसकेको र ब्लड क्यान्सर देखि सवै किसिमका क्यान्सरको उपचारको लक्ष यो अस्पतालले लिएको विएण्डसी हस्पिटलका प्रबन्धक निर्देशक दुर्गा प्रसाईले बताउनुभयाे । 

अरु अस्पतालहरुले पुर्णरुपमा सेवा दिन नसकेर दुख पाएका विरामीहरुलाई विएण्डसी क्यान्सर टिचिङ्ग अस्पतालले सेवा दिने प्रसाईको भनाई रहेको छ । सेवालाई उच्चस्तरिय वनाउनको लागी ११ तले अस्पतालको भवनमाथी हेलिप्याडको निमार्ण कार्य पनि संगसंगै तयार हुदै गएको भौतिक पूर्वाधारमा खटिएका इन्जिनिएरले वताए ।

प्रतिक्रिया दिनुहोस