यस्ता लक्षण देखिए नगर्नुस् बेवास्ता, हुन सक्छ मिर्गौलाको पत्थरी

  • प्रकाशित मितिः कार्तिक 16, 2076
  • 86 पटक पढिएको
  • प्रदेश दर्पण

काठमाडौं— पत्थरीको समस्या आजकल धेरैजनालाई हुने गर्छ । मिर्गौलामा पत्थरी भएपछि असहनीय पीडा हुन्छ ।गलत खानपिन र कम पानी पिउने बानीले पत्थरी हुन्छ । पत्थरी हुनुअघि शरीरले विभिन्न संकेतहरू दिन थाल्छ । तर मानिसहरू त्यसलाई बेवास्ता गरिबस्छन् । यहाँ हामी केही त्यस्ता संकेतका बारेमा बताउँछौं जसलाई पटक्कै बेवास्ता गर्नुहुँदैन ।

पिसाब गर्दा तीव्र पीडा : मिर्गौलाको पत्थरीबाट पीडित रोगीले सूसू गर्दा तीव्र पीडा अनुभव गर्छ । पत्थरी मूत्रनली हुँदै मूत्राशयमा पुग्दा यस्तो हुन्छ । यसो भइरहँदा मूत्रमार्गमा संक्रमण पनि हुन सक्छ ।

पिठ्युँ दुख्ने : कम्मर र तल्लो भाग दुख्नु पनि मिर्गौलाको पत्थरीको संकेत हो । यो पीडा बिस्तारै पेट र जाँघको बीच भागमा पुग्छ र कठोर पीडा हुन्छ ।

पिसाबमा रगत: पत्थरी लागेको रोगीको पिसाब प्रायः गुलाफी, रातो र खैरो रंगको हुन्छ । पत्थरीका कारण मूत्रनली थुनिएर पिसाब फेर्दा रगत आउँछ ।

वाकवाक र पेट गडबड: पेटमा गडबड भएको अनि बान्ता आउला जस्तो भयो भनेपनि पत्थरीको संकेत हुनसक्छ । यतिखेर बान्ता नै आउन पनि सक्छ । बान्ता भयो भने शरीरभित्रको फोहर बाहिर निस्कन्छ ।

ज्वरो: ज्वरो आउनु र चिसो लाग्नु पनि पत्थरीको संकेत हो । मिर्गौलामा पत्थरी हुँदा शरीरको तापक्रम धेरै बढ्छ र ज्वरो आएको जस्तो हुन्छ । यो लक्षणलाई बेवास्ता नगर्नुस् ।

अंग फुल्ने : पेट वा शरीरका अन्य हिस्साहरू फुलेमा अनि मूत्राशयमा समस्या आएमा पत्थरीको लक्षण हो ।

प्रतिक्रिया दिनुहोस