धनकुटामा तिनदिने निशुल्क स्वास्थ्य शिविर हुने

  • प्रकाशित मितिः कार्तिक 18, 2076
  • 49 पटक पढिएको
  • प्रदेश दर्पण

 जिल्ला अस्पताल धनकुटामा अाउदाे कार्तिक २२ गतेदेखि २४ गतेसम्म मुटु र बाल रोग सम्बन्धि तीन दिने निशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ ।बरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा.भगवान कोइरालाको नेतृत्वमा ६५ जना विशेषज्ञ डाक्टरहरुले बिरामीको स्वास्थ्य परिक्षणका साथै निशुल्क शिविर सञ्चालन हुने भएकाे हाे । शिविरमा मुटुको अप्रेशनबाहेक मुटु रोगका सबै सेवा उपलब्ध हुँनुका साथै बालरोग विशेषज्ञद्वारा बच्चाहरुको उपचार गरिने प्रचार प्रसार समिति संयोजक नगेन्द्र राईले बताए । शिविरमा औषधि पनि निःशुल्क वितरण गरिनेछ । करिव ३ हजार विरामीले उपचार सेवा लिने अनुमान गरिएको शिविरमा नाम दर्ताका लागि कात्तिक २१ गतेदेखि २३ गतेसम्म समय तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस