सुनौलो अवसर : एक रुपैया र्खच नलाग्ने गरी युएईले माग्यो यति धेरै नेपाली कामदार

  • प्रकाशित मितिः कार्तिक १९, २०७६
  • 650 पटक पढिएको
  • प्रदेश दर्पण

गत जुनमा सम्पन्न भएको श्रम समझदारीलाई कार्यान्वयन गर्न नेपाल र युएई सरकार सहमत भएका छन्।काठमाडौँमा आइतबार र सोमबार बसेको दुई देशका प्रतिनिधिको संयुक्त बैठकले श्रम समझदारीपत्रमा उल्लेख गरिएका शर्तहरुलाई कार्यान्वयन गर्ने विषयमा सहमति जनाएका हुन्।

श्रम समझदारी कार्यान्वयन गर्न बसको बैठकमा युएई सरकारले नेपालबाट घरेलु श्रमिकसमेत पठाउन अनुरोध गरेको बैठकमा सहभागी सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव डा.रामप्रसाद घिमिरेले जानकारी दिए।

महिला कामदारका लागि श्रमिक कल्याण र सुरक्षाका विशेष उपायहरु सुनिश्चित गर्नुपर्ने, राहदानीलगायत व्यक्तिगत परिचयसम्बन्धी कागजात श्रमिककै साथमा रहन पाउने व्यवस्थाको सुनिश्चितता गरिएको छ। श्रम समझदारी सोमबारबाटै कार्यान्वयनमा आएको छ।अब युएई जाने नेपाली श्रमिकलाई व्यवसायजन्य दुर्घटना वा रोग लागेमा त्यसको उपचारमा लाग्ने सम्पूर्ण खर्च रोजगारदाताले नै बेहोर्नुपर्नेछ।

सम्झौताअनुसार नेपाली कामदारको खर्च रोजगारदाताले नै बेहोर्नेछन्।पाँच वर्षसम्मको सेवा अवधिका लागि हरेक वर्षको सेवावापत २१ दिनका दरले र सोभन्दा बढी सेवा अवधिका लागि वार्षीक ३० दिनका दरले उपदान पाउने व्यवस्था सुनिश्चित गरिएको छ।यो खबर आजको कारोबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन्।

वैदेशिक रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (युएई) जाने नेपाली कामदारले कुनै शुल्क तिर्नुनपर्ने भएको छ।आइतबार र सोमबार काठमाडौँमा बसेको नेपाल युएई संयुक्त कार्य समूहको बैठकले जेठमा भएको श्रम समझदारी प्रभावकारी रुपमा कार्यान्वयन गर्ने सम्झौता गरेसँगै शून्य लागतमा नेपाली कामदार युएई जान पाउने भएका छन्। सम्झौता मंगलबारदेखि नै कार्यान्वयनमा आउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव डा.रामप्रसाद घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहोस