बराहक्षेत्रमा हरिबाेधनी एकादशी मेला लाग्दै : पाचँलाख पर्यटक भित्रिने अनुमान : यसरी हुदैछ तयारी ?

  • प्रकाशित मितिः कार्तिक 20, 2076
  • 1037 पटक पढिएको
  • प्रदेश दर्पण

  • संगम बिष्ट

चतरा । नेपालीहरूकाे ठुला पर्व बडादशैँ दिपावली र छैठकाे समापन संगै नजिकिएकाे हरिबाेधनी एकादशीलाइ मध्यनजर गर्दै नेपालकै बहुचर्चित धार्मिक पर्यटकिय स्थल बराहक्षेत्रस्थित चतराधाममा ठुलाे मेलाकाे तयारी थालिएकाे छ । सनातनी नेपालीहरुले तुलसीको विवाह पर्वको रुपमा मनाउने एकदशीको अवसरमा नदिहरुका संगमस्थलहरुमा धार्मिक मेला लाग्ने गर्दछ । हिन्दु धर्मका प्रमुख चार धाम मध्ये एक मानिएको बराहक्षेत्र धाममा लाग्ने हरिबोधिनी एकादशी मेला अन्तराष्ट्रिय स्तरमै प्रसिद्ध छ । याे वर्ष हरिबोधिनी एकादशी आउँदो शुक्रवार परेको छ ।    नेपाल सरकारले सन २०२० लाई पर्यटन वर्षको रुपमा घोषणा गरेसंगै हजाराै अान्तरिक तथा बाहिय पर्यटकहरूकाे अागमन हुने हुदा हरिबोधिनी एकादशी मेलाकाे महत्व बढेकाे  ।  

 
प्रदेश १ को धार्मीक रुपमा प्रमुख तिर्थस्थल बराहक्षेत्रमा पर्यटन वर्षको सरकारी योजनालाई सघाउन वराहक्षेत्रधाममा हरिबोधनी एकादशी मेलाको तयारीलाइ तिब्रता दिएको आयोजक वराहक्षेत्र संरक्षण मञ्चले जनाएको छ । पूर्वका सर्वसाधारणले कात्तिके मेला भन्ने एकादशी मेला यसापाली कात्तिक २२ गते हरिबोधनी एकादशीको दिन देखि सुरु भई कात्तिक २६ गते पुर्णिमाका दिन सम्म ५ दिन सम्म आयोजना हुने मञ्चले जनाएको हो ।

धार्मिक मेलामा आउने श्रद्धालुहरुका सुविधका लागि मेलालाई व्यवस्थिय बनाउन बराहक्षेत्र मन्दिर परिसर सरफाई, कोका खोला बगर सम्याउने, मन्दिर परिसरमा रङरोगन लगाउने काम भइरहेको मञ्चका अध्यक्ष भक्तबहादुर श्रेष्ठले बताए । उनका अनसार यसपाली पनि बराहक्षेत्र मन्दिर परिसर कोकाहा–सप्तको संगमस्थलमा मेला आयोजना गर्ने, श्रद्धालुहरुका लागि सुविधा जुटाउने जिम्मेवारी संरक्षण मञ्चले पाएको छ । उनले भने ‘मेलाको तयारी तिब्र गतिमा भइरहेको छ ।’

अघिल्ला वर्षहरु भन्दा यसपाली तिर्थालुहरुका लागि थप सुविधा जुटाउने प्रयास गरिएको छ । मेलामा आउने श्रद्धालुहरुका लागि स्वास्थ्य सेवा र सुरक्षाका प्रवन्ध बराहक्षेत्र नगरपालिकाले मिलाउने सहमति छ । अघिल्लो वर्ष जस्तो मेलाको व्यवस्थापन, सञ्चालनका बारेमा व्दिविधा यसपाली उत्पन भएन । त्यसैले पनि मेला व्यवस्थित हुने उनले बताए ।दशकौं देखी निरन्तर बराहक्षेत्रमा लाग्दै आएको एकादशी मेला भर्न करिब ५ लाख सम्म तिर्थालुहरु आउने गरेको मञ्चले जनाएको छ । पछिल्लो समय यातायातको सुविधा बढेको र बराहक्षेत्र सम्म नै गाडि सञ्चालन हुने भएकाले यसपाली श्रद्धालुको संख्यामा बृद्धि हुने सम्भावना रहेको मञ्चका अध्यक्ष श्रेष्ठले बताए । 

 

प्रतिक्रिया दिनुहोस