बेलबारीमा युवाहरूकाे समुहले रक्तदान गर्ने 

  • प्रकाशित मितिः कार्तिक 21, 2076
  • 135 पटक पढिएको
  • प्रदेश दर्पण

बेलबारी । सामाजिक कामका लागि युवा भन्ने नाराका साथ माेरङकाे बेलबारीमा सकृिय युवाहरूकाे समुहले अाउदाे कार्तिक २३ गते शनिबार रक्तदान कार्यक्रमकाे अायाेजना गर्ने भएका छन । बेलबारीमा हालै स्थापना भएकाे सामाजिक सेवाका लागि युवा भन्ने संस्थाले पहिलाे सामाजिक काम अन्तरगत रक्तदान कार्यक्रम गर्ने भएका हुन । 

माैसम परिवर्तन संगै भित्रिएकाे जाडाे याम र पूर्वि तराइका अस्पतालहरूमा रगत अभाव देखिएसंगै अापतकालिन स्वास्थ्य सेवामा कुनै अवराेध पुग्न सक्ने सम्भावनालाइ मध्यनजर गर्दै साे संस्थाले रक्तदान कार्यक्रम गर्न लागेकाे सामाजिक कामकालागि युवाका उपाध्यक्ष अाशिष श्रेष्ठले बताए । 

चाहिएजति अावस्यक रगत बिरामिहरूलाइ पुर्याउन नसकेपनि अस्पतालहरूमा थाेरै भएपनि रगतकाे अभाव टार्न पहिलाे सामाजिक काम अन्तरगत रक्तदान गरिने उनले बताए ।सामाजिक कामसंगै समाजमा नयाँ पहिचान सहितकाे संस्था स्थापना र दिनदुखीहरूकाे घाउमा थाेरै भएपनि मलम लगाउन र संस्थाकाे बारेमा जानकारी गराउन पनि याे कार्यक्रम गरिने संस्थाका उपाध्यक्ष श्रेष्ठले बताए ।  संस्थामा अध्यक्ष कृष्ण कुमार सरदार सहित २१ सदस्यहरू रहेका छन । 

प्रतिक्रिया दिनुहोस