मालिकाकाे नवाै बार्षिक साधरणसभा

  • प्रकाशित मितिः कार्तिक 23, 2076
  • 142 पटक पढिएको
  • प्रदेश दर्पण

इटहरी । सुनसरीको इटहरीस्थित मलिका बचत तथा त्रृण सहकारी संस्थाले शनिबार आफ्नो नवौ बार्षिक साधरणसभा सम्पन्न गरेको छ । संसथाका अध्यक्ष लक्ष्मि प्रशाद भारतीको सभाध्यक्षमा सम्पन्न सहकारीको साधरणसभामा उत्कृस्ट कर्मचारी , बचतकर्ता , शेयर सदस्यहरूलाइ सहकारीले सम्मान गरेको थियो ।

उद्योग बाणिज्य संघ इटहरीका अध्यक्ष भिम पौडेलको प्रमुख अतिथिमा सम्पन्न कार्यक्रममा एक शय भन्दा बढी शेयर सदस्यहरूको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा प्रदेश एकका चर्चित साहित्यकार जिपि तिवारीले बर्तमान राजनीतिक अवस्थाबारे चोटिलो साहित्यिक ब्यङग्य गरेका थिए ।

सहकारीले आगामि बर्ष शेयर सदस्यसंख्या बृद्धि गराउने सहित भवन निर्माणको योजना अघि सारेको छ । सहकारीका अध्यक्ष भारतीले संस्थाको बर्षभरी भएको प्रगति विवरण र आगामि योजनाहरू बारे शेयर सदस्यहरूलाइ जानकारी गराएका थिए ।

उक्त सहकारीले एक वर्षको अवधिमा ७ करोड ३५ लाख ८३ हजार ४ सय ६१ रूपैयाको कारोबार गरेको प्रतिवेदनमा उल्लेख गरेको छ ।  

प्रतिक्रिया दिनुहोस