इटहरीमा घर पालुवा कुकुरकाे बिभत्स हत्या गर्ने तिन पक्राउ

  • प्रकाशित मितिः कार्तिक 23, 2076
  • 1193 पटक पढिएको
  • प्रदेश दर्पण

इटहरी/  बुधबार राती इटहरी १ स्थित हलगडामा युवा समूहको खुकुरी प्रहारबाट घर पालुवा कुकुरको हत्या गर्ने ३ जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा इटहरीका विशाल माझी, मनोज भण्डारी र सुदिप राई रहेका छन । उनीहरुलाई शनिबार मोरङको पथरिसानीश्चरे नगरपालिकाबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

स्थानि मोहन बिश्वकर्माको घरमा पालेको जर्मन सेर्फड कुकुरलाई १२–१३ जनाको समूहमा आएका युवाहरुले घर तोडफोड गर्नुको साथै कुकुरको हत्या गरेका थिए । छोरा आयुससँग कुकुर डुलाउदा एक युवासँग विवाद हुँदा सोही बिषयलाई लिएर घरमा ति युवा समूहले आक्रमण गर्नुको साथै कुकुरमाथि खुकुरी प्रहार गरेका हुन् ।

बुधबार राती ७ बजेको समयमा खुकुरी, छुरा र कट्टी बोकेका युवाहरुले घर भित्र रहेका आयुसमाथि आक्रमण गर्ने प्रयास गरेका थिए । तर छोराले ढोका थुनेर ज्यान जोगाउन सफल भएको बताउदै बुवा मोहनले पछि आक्रोशित युवाहरुले बाधेर राखेको कुकुरमाथि जथाभावी धारिलो हतियार प्रहार गरी कुकुरको हत्या गरेको बताए ।

प्रतिक्रिया दिनुहोस