धरानमा ‘आयो नेकपा आयो, भन्दै माेतिले निकाले चुनाबी म्युजिक भिडियो

  • प्रकाशित मितिः कार्तिक 25, 2076
  • 144 पटक पढिएको
  • प्रदेश दर्पण

धरान । धरानबाट प्रकाशित औजार दैनिकका अध्यक्ष मोतीराज सुनुवारले नेपाल कम्युनिष्ट पाटी (नेकपा) को उप निर्वाचन चुनाबी म्युजिक भिडियो सार्वजनिक गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुनसरीका पुर्व सविच समेत रहेका सुनुवारको चुनावी गित शनिबार सार्वजानिक गरिएको हो ।

शनिबार नेकपा धरानको पार्टी कार्यालयमा सुनुवारको ‘आयो नेकपा आयो, आयो सुर्य आयो’ भन्ने लोकभाकामा आधारित चुनाबी म्युजिक भिडियो सार्वजनिक गरेका हुन ।चुनावी गीतको पार्टी कार्यालयमा सुनसरी क्षेत्र नम्बर १ का सांसद जय कुमार राईले भिडियोको प्राजेक्टर मार्फत क्लिक गरि सार्वजनिक गरेका थिए । ७ मीनेट लामो उतm भिडियोमा नेकपालाई सुर्यमा मतदान गरि मेयर पदका उम्मेद्धवार प्रकाश राईलाई विजय गराउन आग्रह गरिएको छ ।

कार्यक्रममा उम्मेद्धवार प्रकाश राई समेत रहेका थिए भने भिडियोमा स्वर्गीय तारा शुव्वा स्थानीय निकायको चुनाबको दृष्य समेत राखिएको छ । धरानमा नै छायाँकन गरिएको भिडियोमा अहिले चलिरहेको चुनाबी माहोललाई चित्रण हेर्न पाइन्छ । सुनुवारको शव्द तथा स्वर रहेको छ । सुनुवारलाई प्रिया लामाले स्वरमा साथ दिएकी छन् ।भिडियोको निर्देशन नगेन्द्र राईले गरेको छन भने म्युजिक एरेन्ज मनोज मोतले गरेका छन् । सुनुवारको केही समय अघिमात्रेै बोटोमा ‘भेट भयो साइली’र सुनमाया म्युजिक भिडियो सार्वजनिक भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस