स्वतन्त्र पत्रकारकाे पहिलाे बैठक , कार्यालय स्थापना देखि , सदस्यता बृद्धि सम्मकाे निर्णय 

  • प्रकाशित मितिः मंसिर 6, 2076
  • 96 पटक पढिएको
  • प्रदेश दर्पण

इटहरी । स्वतन्त्र रूपमा पत्रकारीता गर्दै अाएका सुनसरिका कृियाशिल पत्रकारहरूकाे संगठन स्वतन्त्र पत्रकार संघ सुनसरीले शुक्रबार इटहरीमा पहिलाे बैठक सम्पन्न गरेकाे छ । बैठकमा तत्काल इटहरीमा कार्यालय स्थापना गर्ने  , बैंक खाता सञ्चालनमा ल्याउने , सदस्यता बृद्धि लगायत अन्य अावस्यकिय बिषयहरूमा छलफल गरी निर्णय गरेकाे छ । 

इटहरीकाे बिराटनगर राेडस्थित पाथिभरा हाेटलकाे सभाहलमा अायाेजित स्वतन्त्र पत्रकारहरूकाे भेलाले रिक्त रहेका पदहरू पनि पुरा गरेकाे छ जस अनुसार काेषाध्यक्षमा इनरूवाका कृियाशिल पत्रकार नशिम अन्सारी , सदस्यहरूमा दुहबिका राम प्रशाद अाचार्य र सञ्ज्य चाैधरीलाइ चयन गरिएकाे छ । 

ki त्यसैगरी भेलाले सुनसरी जिल्ला प्रसाशन कार्यालयमा अाफ्नाे संस्थालाइ शुचिकृित गराउने र जिल्लाका १२ अाेटै स्थानीयतहहरूमा पुगेर परिचयात्मक कार्यक्रमहरू गर्ने जस्ता निर्णग गरेकाे छ । भेलाले कुनैपनि राजनीतिकदलमा अावद्ध नभएका स्वन्तत्र रूपमा पत्रकारीता गर्दै अाएका त्यस्ता पत्रकारहरूलाइ सक्दाे समेटेर अघि बढने निर्णय समेत गरेकाे छ । 

संघका अध्यक्ष खगेन्द्र कार्किकाे सभापतित्वमा सम्पन्न पहिलाे बैठकमा केन्द्रिय काेषाध्यक्ष सालिग्राम पाण्डे , केन्द्रिय सदस्य माेहन ढकाल , प्रेम पुरी र १४ जना कार्यसमितिका सदस्यहरूकाे उपस्थिति रहेकाे थियाे । 

patra

प्रतिक्रिया दिनुहोस