इटहरीमा सुरक्षित गर्भपतन सम्बन्धि अतरकृिया

  • प्रकाशित मितिः मंसिर 6, 2076
  • 50 पटक पढिएको
  • प्रदेश दर्पण

इटहरी/ इटहरीमा सुरक्षित मातृशिसु प्रजनन सम्बन्धि अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । इटहरी स्थित युवा बिकास केन्द्रमा महिलाहरुले कसरि सुरक्षित गर्भपतन गराउने र अकस्मिक गर्भ रहेमा के गर्ने सम्बन्धमा अन्तरकृया कार्यक्रम भएको हो ।

नेपाल सरकारले स्थानिय सरकारलाई दिइने बनेट सबै विकासमुखि मात्र रहेको सहभागी मनिता रिसिदेबको भनाई छ , उनका अनुसार “मानव बिकासलाई पनि बिकासको रुपमा लिएर जतिपनि गैर कानुनि तरिकाबाट गर्भ पतन गराउछन् तिनिहरुलाई सुरक्षित र भरपर्दो गर्भपतन गराउनु पर्नेमा सरकार तथा स्थानिय तहले प्रमुख भुमिका खेल्नुपर्ने उनले बताइन ।”

१ नम्बर प्रदेशमा जतिपनि चेतनाको कमिले असुरक्षित गर्भ पतन गराउछन, तिनिहरुलाई चेतनाको बिकास गरि उनिहरुको स्वास्थ्यलाइ बिशेष ख्याल राखि जनचेतना जगाउनु पर्दछ , हरेक कुरामा जस्तै कानुन, संबिधानमा समेत सुरक्षित गर्भ पतनको कुरालाई समाबेश गनुपर्ने कुरा संसद होम कुमारि साह बताउछिन । उनि भन्छिन “संबिधानले मौदिक अधिकार भित्र शुरक्षित मातृशिशु प्रजननलाई राखेको छ , बच्चाहरु र आमाको मृत्युदर घटाउन हरेक स्वास्थ्य चौकिमा शुरक्षित प्रजनन का लागी आधुनिक र भरपर्दो सामान ल्याउन आवश्यक छ ।” साहका अनुसार अहिले जतिले अशुरक्षित गर्भपतज गराइ रहेका छन् जसले ज्यान जोखिममा राखेर गर्भपतन गराउन बाध्य छन अबको केहि समय पछि त्यस्तो न हुने जानकारि दिइन ।

मानिस चेतनसिल प्रणि भएकाले उनिहरुले पाउने हक अधिकार लडेर भएपनि पायनु पर्दछ , त्यसैले शुरक्षित गर्भपतनलाई संबिधानमा समेटेका १ नम्बर प्रदेश संसद सर्वध्वज सावा बताउछन् । अहिले स्थानिय तहलाइ नियम कानुन बनाउन अनुमति दिएको हुनाले अबको समयमा यसलाई मुल आधार बनाएर अगाडि लैजाने उनले जानकारि दिएका छन् । अझैपनि कतिपय बिकट तथा दुर्गम क्षेत्रमा एम्बुलेन्स पुगेको छैन त्यसले गर्दा पनि गर्भवति महिला असुरक्षित बन्नु परेको छ र जतिपनि निम्न बर्गीय तथा तल परेका वर्ग छन् तिनिहरुलाई माथि उठाउने पहल गरिरहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस