अरूकाे श्रीमतिसंग अवैध सम्बन्ध बनाउदा कारीकाे हत्या : श्रीमान्‌ले भेटेका थिए ‘रङगेहात’

  • प्रकाशित मितिः मंसिर 6, 2076
  • 130 पटक पढिएको
  • प्रदेश दर्पण

  •  मनाेज भुजेल 

 इटहरी । मंगलबार राती साढे ११ बजे इनरुवाका जंग्गा व्यवसायी कारी यादवले अनिता पण्डितलाई फोन गर्छन र घरमै भेट्न आउदै गरेको भन्छन् । तर अनिताले श्रीमान् अशोक घरमै रहेको र भोली मात्र भेट्ने जवाफ फिर्काछिन् ।एक बर्षदेखिको सम्बन्धमा रहेका कारी र अनिता बिच घरमै र बाहिर गरेर धेरै पटक शाररिक सम्बन्ध रहदै आएको कारण त्यस दिन कारी ‘यौन अवेग’ थाप्न नसकेर अनिताको घर पुग्छन् ।

घर अगाडीको बरण्डामा अनितालाई जबरजस्र्ती बोलाएर बरण्डाकै छेउमा रहेको खाटमा ‘यौन कृया’ गर्न थाल्छन् ।निन्द्रामा रहेका अनिताका श्रीमान् अशोकले श्रीमती साथमा नभेटेपछि बाहिर निस्केर हेर्दा दुबै जना यौन कृया लिप्त भएको देखे । अशोकले यसअघि पनि दुवै बिचको सम्बन्ध चाल पाएर सम्झाएका कारीलाई रङगेहात भेटेपछि अशोक छाँगाबाट खसेझै भए ।

आफ्नै श्रीमती परपुरुषसँग आफ्नै घरमा रङगेहात भेटेपछि अशोक रिस थाम्न नसकेर कारीलाई घचेडी घरको भित्तामा बजार्दा कारीको टाँउकोमा चोट लाग्दा सोही स्थानमा अचेत भएका थिए ।केही क्षणमै कारी होसमा आउछन् । कारीले आइन्दादेखि यस्तो हर्कत नगर्ने भन्दै अशोकको खुट्टा समाउछन् । तर निकै आबेगमा रहेका अशोकले घरमै रहेको फलामको तिखो औजारले ढाडको दाइने पातामा पटक पटक प्रहार गर्छन । पछि घरमै रहेको प्लाष्टिकको डोरीको मद्धतले घाँटी कसेर कारीको हत्या गर्छन ।

हत्यापछि अशोक र अनिता दुवै मिलेरै कारीलाई घिर्सादै शव घर नजिकै लगेर फाल्दिन छन् । अशोक भर्खरै मात्र बिदेशबाट घर फर्किएका थिए । उनले बिदेशबाट आएर पनि आफ्नो घर परिवार नबिगार्न कारीलाई आग्रह गरेका थिए । हत्यापछि पक्राउ परेका अशोकलाई सार्वजनिक गर्ने कार्यक्रममा पनि उनि ‘सम्झाँउदा पनि नलागेपछि’ हत्या गरेको संञ्चारकर्मी माझ बोलेका थिए ।

जिल्ला प्रहरी कार्यालय इनरुवा, सुनसरीमा शुक्रबार अशोक र अनिता दुवैलाई सार्वजनिक गरिएको थियो । अशोकले कारीको हत्यामा आफुलाई कुनै ‘पछुतो’ नभएको बताएका थिए ।

मोबाइलका कारण सार्वजनिक गर्न ढिलाई

मृतक कारीको साथमा रहेको मोबाइल घटनापछि आशोकले घरदेखि केही मिटर पर जलाएर नष्ट गरेका थिए । जस कारण घटनाको चुरो कुरा निकाल्न प्रहरीलाई ढिलाई भएको थियो ।

प्रहरीले घटना भएको समयको कारीको कल डिटेल निकाल्दा अनितालाई दुई पटक कल गरेको देखेपछि अनितालाई शुरुमा र पछि श्रीमानलाई नियन्त्रणमा लिइएको थियो । दुबैजनालाई केरकार गर्दा अशोकले हत्या आफुले गरेका स्विाकार गरेका थिए ।

पछि कारीले प्रयोग गरेको फोन प्रमाणको लागि आबश्यक परेपछि अशोकले धान खेतमा फोन जलाएको बयान दिए । त्यससगै हत्यामा प्रयोग भएको फलामको औजार र डोरी क्रमश बरामद भएको थियो ।

हत्यामा प्रयोग भएको सामानहरु प्रमाणको लागि अति महत्वपूर्ण भएकाले सबै संकलन गरेपछि मात्र दोषीलाई सार्वजनिक गरिएको सुनसरीका प्रहरी उपरिक्षक यज्ञ बिनोद पोखरेलले बताए । पत्रकार सम्मेलनमा पोखरेलले श्रीमती र कारीसँग बिचको अबैध सम्बन्धको कारण अशोकले हत्या गरेको जानकारी दिए ।

घटनाको थप अनुसन्धानको लागि दुवैलाई ५ दिनको म्याद थप गरिएको उनले बताए । ४५ बर्षीय कारीको बुधबार बिहान इनरुवा ३ स्थित सोमबारे हाटको माछा लाईनमा शव भेटिएको थियो । कारी र हत्यामा संलग्न पण्डित परिवार छिमेकी हुन् ।

प्रतिक्रिया दिनुहोस