इटहरीकाे पाथिभरा हाेटलद्वारा मैत्रिपुर्ण बनभाेज कार्यक्रम

  • प्रकाशित मितिः मंसिर 8, 2076
  • 314 पटक पढिएको
  • प्रदेश दर्पण

  •  सिर्जना कार्की

इटहरी / पर्यटन प्रवद्र्धन र व्यवसायिक सहकर्मीबीचको सम्बन्ध स्थापित गराउन इटहरीको पाथीभरा होटलले बनभोज बनभोजको आयोजना गरेको छ । इटहरीमा पारिवारिक सन्तुष्टिका निम्ति आवश्यक होटलको परिपुर्ति गर्दै जिम्मेवार सेवामा तल्लिन इटहरी विराटनगरलाईनको पाथीभरा होटलले पर्यटन प्रवद्र्धनमा विगत केही वर्षदेखि होटल परिवारलाई बनभोज लैजाने परम्परा बसाएको छ ।

पर्यटन वर्ष २०२० नजिकिँदै गर्दा सरकारको पर्यटनसम्बन्धी लक्ष्यलाई पछ्याउँदै यस पटक सुनसरी र मोरङ भन्दा अलि परको स्थान झापाको दोमुखालाई रोजेर यहि २०७६ मंसिर ७ गते शनिबार बनभोजको आयोजना गरेको छ ।

उक्त बनभोजबाट पाथीभरा होटलका २ दर्जनबढी सारथीहरुमा नयाँ उर्जा थप्ने र पारिवारिक आत्मविश्वास र सम्बन्ध घनिभुत बनाउने हुँदा बनभोजको आयोजना गरिएको सञ्चालक ईश्वर विष्टले बताए । विष्टका अनुसार व्यवसायिक बन्दै गर्दा राष्ट्रिय महत्वका विषयलाई समेत आत्मसाथ गरेर सरकारलाई सहयोग पु¥याउनु नागरिकको दायित्व रहेको बताए ।

सञ्चालक विष्टले सबै संघसंगठनहरुबाट बनभोजको आयोजना हुन सम्भवतः यहि उद्देश्य रहने भएका वर्ष एक पटक रमाइलो गर्ने अवसर सबैले प्रदान गर्नुपर्ने उनको भनाई छ । व्यवसायमा कामदारहरुको महत्वपूर्ण हात रहने र ति कामदारलाई खुशी बनाउन अनेकन प्रयत्नमा एउटा महत्वपूर्ण प्रयत्न बनभोज हुने स्थापनाकालदेखि काम गर्दै आएका विरेन्द्र गेलाल बताउँछन् ।

गेलालले यस्ता बनभोजले व्यवसायिक परिवारमा आत्मविश्वास र इच्छाशक्ति बढाउँदै एक अर्काबीचको सम्बन्धलाई दर्बिलो बनाउने गर्दछ । उक्त बनभोजमा दोमुखमा माइ नदीको सुसेलीमा रमाउँदै विभिन्न पर्यटकीय मनोरञ्जनात्मक स्थलको अवलोकनसहित त्यहाँका सिनहरुलाई तस्बिरमा कैद गरिएको प्रचिन विष्ट बताउँछन् ।

प्रतिक्रिया दिनुहोस