महरा भन्दा चर्काे शिद्धबाबाकाे नाैटंकि : करणि स्विकारेपनि सजाय नभाेग्ने कस्ताे अडान ?

  • प्रकाशित मितिः मंसिर 16, 2076
  • 599 पटक पढिएको
  • प्रदेश दर्पण

  • तेजबहादुर बन 

इटहरी ।एक साता यता शिद्धबाबाको नामले चिनिने कृष्ण दाश महाराजको निकै चर्चा चलेको छ । आफ्नै आश्रममा बोाएर एक महिला अनुयायी माथी जबरजस्ति करणि गरेको अभियोग लागेपछि उनको अहिले नेपालमा मात्र हइन अन्तराष्ट्रिय जगतमै चर्चा चलेको छ । यो भन्दा अघाडी पनि शिद्धबाबालाइ आधा दर्जन भन्दा बढी अभियोग लागिसकेको छ । नेपालको जडिबुटी भारतमा तस्करी गरेको देखि लिएर दुइ नागरिकता लिएको र शिचाइको जमिन हडपेर महल बनाएको अभियोग लागिसकेको छ । 

अझ त्यो भन्दा रोचक त नेपालकै राष्ट्रपति बिद्यादेवि भण्डारीको हातबाट नक्सा पासै नभएको भवनको उदघाटन गराइदिएपछि उनको चर्चा एकाएक चुलीएको थियो । सुनसरीको चतरास्थित महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठानका संरक्षक समेत रहेका कृष्णबहादुर गिरिलाइ अहिले प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।गिरीलाइ बिराटनगरस्थित बिराट नर्सिङ होम अस्पतालको आइसियु बेडबाटै एम्बुलेन्सभित्रै राखेर जिल्ला प्रहरी कार्यालय र त्यहाबाट पनि जिल्ला अदालत सुनसरी लगि म्याद थप गराइएको छ । 

उनलाइ लगाइएको आरोप शंकासपद भएको भन्दै आश्रमका अन्य अनुयायी तथा भक्तजनहरू अहिले जिल्ला अदालत परिषदमा बाक्लै जमात बनाएर बसेका छन ।गिरीलाइ एम्बुलेन्समै राखेर अदालत सम्म पुर्याइएको थीयो । उनले हालै प्रसारण भएको चर्चित टेलिभिजन कार्यक्रम सिधा कुरा जनता संग पनि ति महला अनुयायीमाथि करणि गरेको स्विकार्दै बाहिर नल्याउन आग्रह गरेको अडियो सार्वजनिक भइसकेको छ तर उनका अनुयाी तथा आश्रम यो कुरा मान्न तयार छैन । यता शिद्धबाबा भने आरोप स्विकार गर्ने तर सजाय चै नमान्ने अडानमा छन । उनि कति दोषि छन या निर्दोष त्यो अदालत र प्रशासनले छानविन गरेर सत्य तथ्य बाहिर ल्याउने नै छन । तर यतिबेला शिद्धबाबा भनिने कृष्णदाशलाइ धर्मगुरूको नाममा कलंक भन्नेहरू सामाजिक सञ्जालबाट गाली गर्नेहरूको जमात पनि बढदो छ । 

जगतगुरू बालसन्त र कृष्णदाश बिच बाेलचाल बन्द


सुनसरी चतरामा एकमात्र पिठाधिस रहेका थिए जगतगुरू बालसन्त मोहन सरण देवानाचार्य ।त्यो बेला उनैले कृष्णदाशलाइ आफ्नो चेला बनाएर आश्रममा भित्र्याएका थिए । पछि कृष्णदाश चतराको एक्लो मालिक मै हु भने जस्तै जगतगुरूलाइ मान्नै छाडे त्यहाबाट सुरू भएको मनमुटाव अहिले बोलचाल नै बन्द भएको छ ।

उनलाई बालसन्तले नै साधु बनाएर धर्म, कर्मकाण्ड, वेद, उपनिषद् अध्ययन गरेर सार्वजनिक पुराण वाचन कार्यक्रममा सहभागी गराए त्यतिमात्र नभएर  बालसन्तले नै   पहुचवालाहरूसँग परिचय गराए । चतुर स्वभावका गिरीले आफू नेपाल नआएको समयमा भारतमा उच्चशिक्षा अध्ययन गरेको दाबी गर्दैै जगद्गुरु भएको सम्म भन्न थाले ।

बालसन्त चतरामा आउदा स्वागत गर्न नपुग्ने उनलाइ जगतगुरू भनेर सम्बोधन गरिदा कृष्णदाशले पनि नामको अघाडी जगतगुरू थपेर बोलाउन आग्रह गर्थे र पछि उनलाइ पनि केहि समय जगत गुरूनै भनेर सम्बोधन गरियो तर चर्को बिवादपछि कृष्णदाश आफैले नामको अघाडीबाट जगतगुरू हटाएर शिद्धबाबा राखे । 

उनि एक पटक मात्र हइन पटक पटक समाथी पनि बस्दै संसारलाइ चकित बनाउन थाले ९ दिन चतरामा बाबा समाधि बसेको बेला धेरैले पत्याउनै सकेनन त्यो बेला पुरै बिश्वको ध्यान नेपालको चतरामा केन्द्रित बन्यो । राष्टिय तथा अन्तराष्ट्रिय च्यानलहरूले पनि चतरामा बाबाले बसेको समाधिबारे खुब चर्चा पायो ।

त्यहाबाटउनको परिचय पुरै बदलीयो । शिद्धबाबाबाट महायोगि भनेर नेपालमा चिनिन पुगे । उनको नेपालका टप नेता मन्त्री , प्रधानमन्त्री मात्र हइन राष्ट्रपति सम्मै पहुच बनाए । प्रहरीका ठुला ठुला हाकिमहरूलाइ खुट्टा ढोगाउन लगाउने देखि पूर्वराजा ज्ञानेन्द्र शाह र तत्कालिन नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाइ त भैसिको पुच्छर समात्न लगाएर ग्रहशान्ति पनि गराए । उनका यस्तै कृयाकलापबाटै चर्चा र बिवादका पात्र बनिरहे । 

भारतकाे गुनगान गाउने पहिलाे साधु 


सुनसरीको चतरामा बसेर भारतको गुनगान गाउने पनि शायद यि गुरू पहिलो नै हुन । उनले आयोजना गरेको बिभिन्न कार्यक्रमलाइ पनि हेर्ने हो भने नेपालका भन्दा धेरै अतिथि भारतबाटै मगाएका हुन्छन ।

कृष्णदाशले जति पटक पत्रकार सम्मेलन गरे त्यति पटक नै भारतको गुनगान गर्न छाडेनन त्यसपछि पत्रकारहरू पनि उनिबिरूद्ध प्रमाण जुटाउन लागि परे र उनका बिरूद्ध समाचार बाहिरिन थाले ।

भारतबाटै बिद्यावारीधि गरेको बताउने शिद्धबाबा गिरी चतरामा जडिबुटि उत्पादन गरेर सोझै भारतलाइ बिक्री गर्नुपर्ने बताउदै आएका छन । नेपालको भुभागमा बसेर त्यहाको जडिबुट्टी भारतलाइ दिनुपर्छ भन्ने पहिलो बिद्वान नै हुनुपर्छ शिद्धबाबा गिरी ।

काे हुन कृष्णदाश ?


आफुलाइ कहिले जगतगुरू त कहिले शिद्धबाबा भनेर परिचय दिने ब्याक्ति सोलुखुम्बुको जुबुमा ०३१ साल फागुन १९ मा जन्मेका कृष्णबहादुर गिरी हुन । कहिले समाधि बसेर त कहिले नेपालका चर्चित र पावरफुल ब्याक्तित्वहरूलाइ चतरा बोलाएर स्वागत गरेपछि उनि आफै महान सावित भए ।

त्यो भन्दा पनि नक्सा पासै नभएको करीब ८ करोड लागतको  १ सय २८ कोठे भवन निर्माण गरी राष्ट्रपतिबाट उदघाटन गराएपछि साच्चै शक्तिसालीको परिचय पनि दिए ।उनका दुइ भाइहरू पनि छन । बाबा छविलाल गिरीको दुइ श्रीमति मध्ये कान्छि श्रीमतिबाट जन्मिएका छोरा हुन कृष्णबहादुर गिरी उर्फ शिद्ध बाबा १

केहि दिन बाबा छविलाललाइ छोराहरूले हेरेनन भन्दै आफैले आश्रममा लगेर राखे तर अहिले तिनै ९५ वर्षीय बाबा कहिले मोरङको विराटचोकस्थित कान्छा छोरा ऐनकुमार कोमा त कहिले इटहरीको तरहरास्थित बहिनी विष्णुमायाको घरमा बस्ने गरेका छन् ।

अहिले कृष्णदाश जहा बसिरहेका छन सो जगगा पनि पावरकै भरमा हडपेर बसिरहेका छन ।सुनसरी मोरङ सिचाइ आयोजना अन्तरगत पर्ने १३ बिगाहा जग्गा कब्जा गरेर बस्दा पनि कुनै माइकालालले उनि प्रति औला उठाउन सकेका छैनन । 

 

प्रतिक्रिया दिनुहोस