अष्ट्रेलियाका जेलमा कति छन नेपाली ? कसेलाइ छैन चासाे !

  • प्रकाशित मितिः मंसिर १७, २०७६
  • 563 पटक पढिएको
  • प्रदेश दर्पण

सिड्नी । पछिल्लो समय नेपाली विद्यार्थीहरुको प्रमुख रोजाइ अष्ट्रेलिया बन्ने गरेको छ । विस्तारै अष्ट्रेलियामा नेपालीहरुको संख्या बढ्दै गर्दा अपराधका घटनामा नेपालीहरुको संलग्नता पनि देखिन थालेको छ । विभिन्न अपराधमा अष्ट्रेलियाको जेलमा २५ जनाभन्दा बढी नेपालीहरु रहेको बताइएको छ । 

उनीहरुलाई विभिन्न अभियोगमा पुर्पक्षका लागि पक्राउ गरेका छन् भने कोही सजाय काटी रहेका छन् ।कोही जघन्य अपराधमा सजाय काटिरहेका छन् भने कोही आफ्नै लापरबाहीका कारण जेल सजाय भोगिरहेका छन् । 

सन्तोष गौतम हत्या प्रकरणमा प्रहरीले उनकी श्रीमतीलाई पक्राउ गरेर आवश्यक अनुसन्धान गरिरहेको छ । त्यस्तै अन्य धेरै जना अपराधका कारण अष्ट्रेलियाको जेलमा सजाय काटिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस