दोस्रो भ्वाइस अफ नेपालको उपाधि जितेका राम लिम्बुले पाउने भए यस्ता लाेभलाग्दाे उपहार

  • प्रकाशित मितिः मंसिर 22, 2076
  • 187 पटक पढिएको
  • प्रदेश दर्पण

काठमाडौं । पछिल्लो समय नेपालमा सर्वाधिक चर्चामा रहेको अन्तराष्ट्रिय एक रियालिटी टिभी शो फाइनल सकिएको छ । दोस्रो भ्वाइस अफ राम लिम्बुलाई उपाधि थमाउँदै सकिएको हो । हिजो राति राजधानीको चुच्चेपाटीमा भएको अन्तिम प्रतिष्पर्धाबाट लिम्बुले उपाधि हात पार्नुभएको हो । टीम प्रमोदमा रहेका लिम्बुले अन्य तीन जना प्रतिस्पर्धीलाई पछि पार्दै जित निकाल्नु भएको हो ।

उहाँ भोटिङका आधारमा दोस्रो भ्वाइस अफ नेपालको उपाधि हात पार्न सफल हुनुभएको हो । उपाधि जितेसँगै लिम्बुले ड्याट्सन गाडी, १२ लाख नगद र म्युजिक एल्बमको कन्ट्रयाक्टसमेत प्राप्त गर्नुभएको छ । कम भोट प्राप्त गरेका कारण प्रतिष्पर्धामा रहेका विकास लिम्बु, सनिष श्रेष्ठ र आरिफ रौफ पछि पर्नुभयो । प्रतियोगितामा दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा र आस्था रावत कोचको भूमिका रहनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस