हिउकाे फाेर्रामा पर्यटककाे सेल्फी : तेह्रथुमका अधिकांस भाग सेताम्मे (फाेटाे फिचर )

  • प्रकाशित मितिः मंसिर 29, 2076
  • 488 पटक पढिएको
  • प्रदेश दर्पण

  • तेजबहादुर बन 

इटहरी । गर्मि याम सकिएर चिसाे माैसम सुरू भएलगत्तै प्रदेश एकका बिभिन्न जिल्लाहरूमा जाडाे बढेकाे  छ । केहि दिन यता माैसम बिभागले पनि पश्चिमि बायु सकृिय भएकाे कारण देखाउदै पूर्वि तराइका जिल्लाहरूमा चिसाे बढने बताउदै अाएकाे थीयाे । बिभागकै अनुसार प्रदेश एककाे १४ जिल्लाहरू मध्ये पहाडीभेगमा वर्षा सहित हिउ परेकाे छ । प्रदेश एककाे संखुवासभा  तेहथुम , खाेटाङ , भाेजपुर , ताप्लेजुङ , पाँचथर लगायतका जिल्लाहरूमा हिउकाे वर्षा भएकाे छ । 

पर्यटकहरूकाे अार्कषक केन्द्र बनेकाे तेह्रथुमकाे तिनजुरे मिल्केमा शनिबार बिहानै देखि हल्का वर्षा सहित हिउ परेकाे थीयाे । हिउले पहाडी भेगका डाडाहरू सेताम्मे बनाएका देखिन्थे । तेह्रथुमकाे म्याङलुन , छथर गाउपालीका लगायतका स्थानहरूमा करीब ५ मिटर सम्म हिउले जमिन ढाकेकाे बताइएकाे छ । बिहानै देखि परेकाे हिउकाे वर्षाले बढेकाे चिसाेकाे कारण त्यस क्षेत्रकाे जनजिवन प्रभावित बनेकाे छ । 

hiu

केहि दिन यता अत्याधिक बढेकाे चिसाेका कारण जनजिवन प्रभावित बनिरहेकाे बेला तेह्रथुमकाे तिनजुरे मिल्केमा भने चिसाेकाे प्रवाह नगरी हिउकाे फाेररामा रमाउन अानतरिक पर्यटकहरूकाे घुइचाे लागेकाे बताइएकाे छ । हिउमा छिरेर सेल्फि खिच्ने , कुदने र रमाउने पर्यटकहरूकाे अहिले पनि त्यतिकै लृकाे लागेकाे तिनजुरेका स्थानीय दिपा लिम्बुले बताइन । 

माैसम बिभाग अनुसार पश्चिम वायु अझै केहि दिन सकृिय रहने हुदा प्रदेश एकका अधिकांस पहाडी भेगहरूमा हिउकाे वर्षा हुने जनाउदै अाएकाे छ । यसै बिच ताप्लेजुङका अधिकांस क्षेत्रमा शनिबार देखि परेकाे हिउकाे वर्षाका कारण पाथिभरा दर्शनकालागि जाने भक्तालुहरू सहित ताप्लेजुङवासीकाे जनजिवन प्रभावित बनेकाे छ ।

hiu 3 Hiu 4 ताप्लेजुङकाे फुङलिङ नगरपालीका अन्तरगत कार्यकारी अधिकृत महेसराज तिम्सिनाका अनुसार अाइतबार बिहान पनि साे क्षेत्रमा बाक्लाे हिउकाे फाेर्रा झरेर जनजिवन प्रभावित बनेकाे बताए । शनिबार करीब ५ मिटस सम्म जमिन ढाकेकाे हिउले अाइतबार भने कमैमात्रामा हिउकाे वर्षा भएकाे अधिकृत तिम्सनाले जानकारी दिए । 

hiu 

Hiu 4

तस्विर : सुजाता खडकाकाे फेशबुकबाट

प्रतिक्रिया दिनुहोस