काठमाण्डाै । संगीत महर्षि नातिकाजी श्रेष्ठको ९५ औं जन्मजयन्तीको अवसर पारेर नातिकाजी स्मृति समाजले १७ जना स्रष्टाहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।साेहि अवसरमा एक अाैपचारीक कार्यक्रमबिच चर्चित गायिका टिका प्रशाइ सहिट १७ जनालाइ सम्मान गरिएकाे हाे । नातिकाजी स्मृति समाजले नेपाली सँगीत क्षेत्रमा उल्लेख्य योगदान दिएका स्रष्टाहरुलाई उपराष्ट्रपति नन्दबहादुर पुनको हातबाट सम्मानित एवम् पुरस्कृत गरिएकाे हाे।
समारोहमा नातिकाजी राष्ट्रिय विशिष्ट स्रष्टा सम्मानबाट डा.समरबहादुर मल्ललाई सम्मानित गरिएको छ । मल्ललाई २० हजार १ रुपैयाँ नगदसहित सम्मानित गरिएको हो । नातिकाजी समकालिन श्रष्टा मल्लले नेपाली सुगम सँगीतमा योगदान पुर्याएका छन् ।यस्तै नातिकाजी राष्ट्रिय सङ्गीत प्रतिभा पुरस्कार चर्चित गायिका टिका प्रशाइ सहित सङ्गीतकार मनराजा नकर्मी, गीतकार भुपेन्द्र खड्का, गायक प्रल्हाद तिमिल्सिनालाइ जनहि नगद ११ हजार १ सय ११ रुपैयाँ र सम्मानपत्र सहित सम्मान गरिएकाे छ ।
कार्यक्रमका प्रमुख उपराष्ट्रपति नन्दबहादुर पुनले प्रमुख अतिथिका तर्फबाट बोल्दै कलाकारहरुको सम्मानमा राज्यस्तरबाट कमी भएको समेत दाबी गरे । उपराष्ट्रपति पुनले नयाँ प्रतिभा जन्माउन र प्रतिभा प्रस्फुटनका लागि विशेष पहनल गर्न पनि सरकारको ध्यानाकर्षण गराए । संगीतका अनेक परिभाषा भएपनि यो मानवजाती र प्राणिजातीका लागि समेत अभिन्न अंग बनेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
दक्षिण कोरीया (सिउल) / दक्षिण कोरीयामा प्रवासी न... ... ...
सुनसरी । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्या... ... ...
सुनसरी । एसियाकै ठुलो अस्पताल भनेर ख्याती कमाएको ... ... ...
इटहरी । माेरङकाे बिराटनगरस्थित नाेबेल मेडिक... ... ...
इटहरी । सुनसरीकाे इटहरी उपमहानगरपालीका वार्ड नं ... ... ...
इटहरी । सुनसरीको इटहरी निवासी जिवन खनाल धरानको एक ... ... ...
Copyright © 2018 - Pradeshdarpan.com All rights reserved