चर्चित अभिनेत्रीलाइ लाग्याे हत्या आराेप

  • प्रकाशित मितिः पुष 20, 2076
  • 112 पटक पढिएको
  • प्रदेश दर्पण

सन् २०११ को फिल्म ‘क्याप्टेन अमेरिका : द फस्ट एभेन्जर’की अभिनेत्री आमालाई छुरा प्रहार गरेको अभियोगमा पक्राउ परेकी छन्।प्रहरीका अनुसार नयाँ वर्षको अघिल्लो दिन आमालाई छुरा प्रहार गरेको अभियोगमा अभिनेत्री मोली फिट्जगराल्डलाई कान्सासबाट पक्राउ गरिएको हो।

अभिनेत्री मोलीकी आमा पेट्रसिया फिट्जगराल्ड कान्सासस्थित घरमा मृत अवस्थामा फेला परेको प्रहरीले सार्वजनिक गरेको थियो। यो खबर आजको नागरिक दैनिकमा छापिएको छ। अनलाइन अदालतको रेकर्डअनुसार अभिनेत्री मोलीलाई हिरासतमा राखेर हत्या अभियोग लगाइएको छ।

प्रतिक्रिया दिनुहोस