इटहरीमा माघ १० गते बृजेश श्रेष्ठ र बियोंडले तहलका मच्चाउने

  • प्रकाशित मितिः पुष 22, 2076
  • 214 पटक पढिएको
  • प्रदेश दर्पण

इटहरी । सुनसरीकाे इटहरी १ आप्गाछीस्थित बगान फेमली रेस्टुरेन्टमा माघ १० गते एक दिने आइस टु सी यु २०२० नामक सांंस्कृतिक कार्यक्रम हुने भएकाे छ ।  कार्यक्रममा चार्चित गायक बृजेश श्रेष्ठ एंड बियोंडले तहलका मचाउने भएका छन । उनिहरूकाे बेजाेड प्रस्तुतिले साे कार्यक्रमकाे माहाेल तातिने अनुमान लगाइएकाे छ ।  

 बृजेश श्रेष्ठले उडी जाउ न ,रंग ,सरर,ओह म्यैचा,कान्छी हे कान्छी,बिछोड ,डल्ली ,यो के भयो आदि चर्चित गितहरु दर्शक माझ दि सकेका छन ।ओसिषी इन्टरटेनमेन्टको र पार्ल्सवेको सयुक्त आयोजनामा यहि माघ १० गते हुने यसै कम्पनीका प्रमुख बिनय तिवारीले जानकारी दिएका छन । त्यसै गरि डी जे फलोर जी (पुस्पा)समेतको प्रस्तुति रहने छ ।

संदेश सुबेदी एंड ब्याण्डको पनि प्रस्तिती दिने त्यसै गरि अन्य कलाकारहरुको पनि बिशेष प्रस्तुति हुन लागेको आयोजकले जानकारी दिएको छ । यसै कार्यक्रम बाट भिजिट नेपाल २०२० लाइ पनि सफल बनाउनका लागि पनि यो कार्यक्रमको मुख्य रुपमा आयोजना गरिएको यसै क्रक्रमका संयोजक सौगात नेपालले जानकारी दिए ।

त्यसै गरि कार्यक्रम बाट आएको केहि मुनाफाले सामाजिक क्षेत्रमा खर्च गर्ने समेत आयोजकले बताएको छ । यस कार्यक्रमलाई होस्टको रुपमा पुस्पा गुरुङले गर्दै छिन भने कार्यक्रम माघ १० गते साझ ५ बजे देखि १० बजे सम्म हुने आयोजकले जानकारी दिएको छ । सहयोगी हातमा कुस रेस्टुरेन्ट एंड लाउञ्च बार रहेको छ ।

प्रतिक्रिया दिनुहोस