केराबारी गाउपालीकामा कस्ले गरायाे बम बिस्फाेट ? बाटाेमा भेटीकाे बम सेनाद्व्रारा डिस्पाेज

  • प्रकाशित मितिः माघ 11, 2076
  • 307 पटक पढिएको
  • प्रदेश दर्पण

इटहरी । उत्तरी मोरङको केराबारी गाँउपालिकामा शुक्रबार राती ९ बजेर ३५ मिनेटमा अज्ञात समुहले बम बिस्फाेट गरी फरार भएका छन । बिस्फोटका कारण गाँउपालिकाको मुल गेटमा क्षती पुगेको छ भने गेट नजिकै रहेको जेनेटर पुर्णरूपमा क्षतिग्रस्त बनेकाे छ ।

शुक्रबार राती नै केराबारी गाउपालीका देखि केहि मिटरकाे दुरीकाे सडकमा समेत सुतली फेला परेकाे इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी प्रमुख प्रहरी निरीक्षक  गुणराज बुढाथोकीले जानकारी दिएका छन ।  

बम  बम विप्लव समूहले बिस्फोट गराएको हुन सक्ने आशंका गरिएको छ ।सडकमा भेटीएकाे बमलाइ इटहरीस्थित नेपाली सेनाकाे बम डिस्पाेजल टाेलीले शुक्रबार बिहान निस्कृय बनाएकाे शुचना प्राप्त भएकाे छ । 

 

प्रतिक्रिया दिनुहोस