सीताराम जाप महायज्ञमा १ हजार ८ वटा शिवालिंग स्थापना हुने

  • प्रकाशित मितिः माघ 15, 2076
  • 182 पटक पढिएको
  • प्रदेश दर्पण

माेरङ ।  ग्रामथान र बुढीगंगा गाउँपालिका बिच दोहमना घाट त्रिबेणी संगम स्थल गिधनिया – हतिमुडामा सिताराम नाम जप महायज्ञ सुरू भएकाे छ ।  नेपाली बाबाको नामले चिनिएका आत्मानन्द दासकाे उपस्थितिमा साे महायज्ञ सुरू भएकाे हाे ।
 
 हनुमान आराधना मण्डल नेपाल मोरंग र युवा चालिसा केन्द्र समिति, सिताराम नाम जप महायज्ञ समितिको आयोजना भएकाे महायज्ञमा पुर्व उपप्रधान तथा गृहमन्त्री बिजयकुमार गच्छदारले अवलोकन गरिसकेका छन भने  नेपाली बाबा संग भेटघाट गरेका छन ।
 
  महायज्ञ नजिक दोहामना घाटको पुल आफुले शिल्यानास गरेको तर पिलर मात्र खडा भएको हाल सम्म नबन्दा दु:ख लागेकाे गच्छदारले गुनासाे पाेखेका थीए ।  आफु पनि धर्म प्रति आस्थावान भएको भन्दै महायज्ञको लागि सक्ने जति सहयोग गर्ने उनले बताएका थीए ।
 
सीताराम जाप महायज्ञमा १ हजार ८ वटा शिवालिंग स्थापना हुनेभएको छ । मूल महायज्ञ स्थलमा २० हजार वटा बास मात्र प्रयोग भएको छ भने मुर्ती निर्माण र मन्दिर निर्माण गर्ने काम तिब्ररुपमा भएको र भारत तथा नेपालका कलाकारले निर्माण गरिरहेको छ ।
 
 सो महायज्ञ गर्न हाल सम्म स्थानीय निकाय, प्रदेश सरकारले सहयोग गर्ने आश्वासन दिएको र भक्तजनको दान तथा अहिले सम्म २ करोड खर्च भैसकको छ हनुमान आराधना मण्डल नेपाल मोरंगका अध्यक्ष पुलिस बिश्वासले  बताउनुभयाे ।  सोहि स्थानमा गत भदौ २१ गते बाबाको आगमन संगै भदौ २४ गते देखि बाबाकै मुखारविन्दबाट प्रत्येक दिन अपरान्ह ३ बजे देखि ५ बजे सम्म प्रवचन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस