देशकै नमुना बिद्यालय बन्दै इटहरीको जनता...

  • प्रकाशित मितिः माघ 15, 2076
  • 724 पटक पढिएको
  • प्रदेश दर्पण

 तेजबहादुर बन 

इटहरी । राज्यले देशका बिभिन्न सामुदायिक बिद्यालयहरूलाइ नमुना बिद्यालयको रूपमा बिकास गर्ने घोषणा संगै प्रदेश एककै उत्कृस्ट मानीएको इटहरी स्थित जनता उच्च मावीले वर्तमान समय र शिक्षाको गुणस्तरलाइ मध्यनजर गर्दै नयाँ योजना अघी बढाएको छ ।पछिल्लो समय प्रदेश एककै उत्कृस्ट र नमुना बिद्यालयको रूपमा सरकारबाटै घोषित इटहरीको जनता उच्च मावीले पर्याप्त सहयोग नपाउदा भौतिक संरचना लगायतका बिषयहरूमा भने समस्या झेल्दै आएको छ । 


बिद्यालयको सभाहलमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रधानाध्यापक छत्रपति ढुंगेलले शिक्षाको गुणस्तरलाइ अझ अब्बल बनाउन र अभिभावकहरूको बिश्वास बलीयो बनाउन अहिलेको अवस्था देखिनै नयाँ योजनाहरू अघी सारीएको बताए । उनले आगामी बैशाख महिनाभित्रै २४ कोठे भवनको निर्माण सम्पन्न भइ कक्षा सञ्चालन गर्ने देखि लिएर नयाँ भर्नामा आएका बिद्यार्थीहरूलाइ नियमित इन्ट्रान्स परिक्षा दिनैपर्ने जस्ता नियमहरू अघी बढाएको जनाइएको छ । त्यसैगरी बिद्यालयमा अध्यन्नरत बिद्यार्थीहरूले दैनिक एक रूपैया बचत अभियान पनि थालनी गरिएको छ ।

 साथै बिद्यालयले उच्च मावि अन्तरगत यहि वर्ष देखि बिज्ञान र  कानुन बिषय पनि थप गरी अध्यापन सुरू गरेको जनाएको छ ।   , कक्षा १ देखि ९ सम्म अंग्रेजी मिडियममा पढाइ  भइरहेको जनता उच्च मावीले गुणस्तरीय शिक्षा संगै ब्यवहारीक शिक्षालाइ जोड दिन बिद्यार्थीहरूलाइ बिभिन्न समयमा उपयोगी तालीम , खेलकुद सामग्री , गायन तथा अन्य कृयाकलापहरूमा सहभागी गराइ क्षमता अभिबृद्धि जस्ता कार्यक्रमहरू अघी बढाइएको पत्रकार सम्मेलनमा जनाइएको छ । 

नेपाल सरकारले ४० करोड अनुदान रकम बिनियोजन गरेपनि डेढ करोड मात्रै बिद्यालयले पाउदा कक्षा कोठा सञ्चालन देखि शिक्षक ब्यवस्थापनमा पनि समस्या भएको बताउदै सरकारले बिद्यालयको सास्याबारे गम्भिर भएर सोच्न ब्यवस्थापन समितिले अनुरोध समेत गरेको छ । 

२०७२ मा गएको बिनासकारी भुकम्पको कारण थला परेको जनता उच्च मावी जसोतसो समुदायको स्तरबाट सञ्चालन हुदै आएको छ । प्रदेश एकको बिभिन्न जिल्लाहरूमा हुने धेरै खेल प्रतियोगिताहरूमा प्रथम स्थान हासिल गर्दै बेग्लै परिचय बनाइसकेको बिद्यालयले सरकारबाट सोचे अनुरूप सहयोग भने नपाएकोमा ब्यवस्थापन समितिले दुखेसो पोखेको छ । 

 

 

प्रतिक्रिया दिनुहोस