कुवेतको एक ढुंगाखानीमा पुरिँदा धेरै नेपाली श्रमिक हताहत भएको आशंका गरिएको छ। कुवेतस्थित अलमुतलायामा रहेको ढुंगा-बालुवा खानीमा बम पड्काएर ढुंगा फुटाउने क्रममा धेरै श्रमिक पुरिएका अरब टाइम्सले जनाएको छ।
घटनास्थलबाट ६ जनाको शव निकालिएको छ। उनीहरुको नाम सार्वजनिक भएको छैन। समाचारमा जनाइए अनुसार शव प्राप्त भएकामध्ये चार जना नेपाली श्रमिक छन्। १३ नेपाली र एक भारतीय नागरिक दुर्घटनामा परेको आशंका छ।
तीन जना घाइते भएका छन्। घाइतेकाे स्थानीय जहान अस्पतालमा उपचार भइरहेको छ। खाडलमा चिनियाँ कामदार पनि काम गरिरहेका थिए।उनीहरु ढुंगा र बालुवाको थुप्रोमा पुरिएको अरब टाइम्सले जनाएको छ। श्रमिकहरु खाडलमै भएका बेला ढुंगा फुटाउन बम बिस्फोट गरिएको थियो।
विस्फोटपछि ढुंगाको ठूलो थुप्रोले उनीहरुलाई पुरेको हो। स्थानीय सुरक्षाकर्मीले दुर्घटनामा परेका कामदारको यकिन संख्या सार्वजनिक गरेका छैनन्।घटनास्थलमा सुरक्षाकर्मी उद्धारमा खटिएका छन्। कुवेतका सार्वजनिक निर्माण तथा आवास मामिला राज्यमन्त्री डा. राणा अल फरिसले घटनाको छानबिन गर्न आदेश दिएका छन्।
प्रतिक्रिया दिनुहोस
इटहरी । कोरोना भाइरस ( कोबिड –१९ ) संक्रमणका कारण ... ... ...
इटहरी । सुनसरीको रामधुनी निवासी सागर ठकुरी १५ व... ... ...
दक्षिण कोरीया (सिउल) / दक्षिण कोरीयामा प्रवासी न... ... ...
इटहरी । माेरङकाे बिराटनगरस्थित नाेबेल मेडिक... ... ...
इटहरी । सुनसरीकाे इटहरी उपमहानगरपालीका वार्ड नं ... ... ...
इटहरी । सुनसरीको इटहरी निवासी जिवन खनाल धरानको एक ... ... ...
Copyright © 2018 - Pradeshdarpan.com All rights reserved