इटहरी । सुनसरीकाे इटहरीस्थित हास्पाेसा एकेडेमिले गत शुक्रबार १३ औं स्थापना तथा अभिभावक दिवस सम्पन्न गरेको छ ।संस्थाका संस्थापक समर बहादुर कार्कीको सभापतित्वमा आयोजित कार्यक्रमलाई इटहरी उपमहानगरपालिका वडा नं. १ का वडाअध्यक्ष निश्चल पोखरेलले प्रमुख आतिथ्यता ग्रहण गरेका थिए ।
विद्यालयको प्राङगणमा आयोजित उक्त वडाका वडा सदस्यसहित विभिन्न संघसंस्था, विद्यालयका प्रतिनिधि, समाजका लब्ध प्रतिष्ठित बुद्धिजिवी, समाजसेवीहरुको आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । विद्यालय स्थापना तथा अभिभावक दिवसका अवसरमा अतिरिक्त क्रियाकलाप, विविध साँस्कतिक कार्यक्रम सहित जातीय भेषभूषा एवम नेपाली मौलिक कला, साँस्कृतिक झल्काउने गरी बालबालिकाहरुलाई उपस्थित गराइएको थियो ।
विद्यालयले शैक्षिक उन्नयनसँगै नेपालको लोक सस्कृति जगेर्ना गर्ने उद्देश्यले विविध कार्यक्रमलाई जोड दिँदै बालबालिकाहरुमा स्वस्थ्यका लागि शारिरीक अभ्यास हुने खेलकुद लगायतका कार्यक्रममा सहभागी भएका विद्यालयका विद्यार्थीहरुलाई शिल्ड, ट्रफी, मेडल तथा प्रमाणपत्रहरु प्रदान गरिएको थियो ।उक्त कार्यक्रममा विद्यायलका कार्यकारी निर्देशक समरबहादुर कार्की तथा प्रमुख अतिथि पोखरेलले विद्यालयको अतिरिक्त क्रियाकलाप, शैक्षिक गतिविधि खेलकुद र अन्य सामाजिक क्षेत्रमा उत्कृष्ठ कार्य गर्ने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेका थिए ।
सोही असवसरमा विद्यार्थीहरुद्धारा विभिन्न गीत, सङ्गीत, कला, एवम नृत्य प्रस्तुत सहित विद्यालयका बार्षिकोत्सव कार्यक्रमलाई रोजक बनाउने कार्यक्रमहरु समेत देखाईएको थियो । सो कार्यक्रममा जनप्रतिनिधि तथा शैक्षिक तथा सामाजिक क्षेत्रका व्यक्तित्वहरुले मन्तव्य राखेका थिए ।
विद्यालयका संस्थाक कार्कीले शैक्षिक क्षेत्रमा आफूले भोगेको दुःख र शास्ती आफु बसिरहेको क्षेत्र, टोल वा गाउँका बालबालिकामा नदिन दुःखका साथ खोलिएको विद्यालय १३ औं स्थापना दिवससम्म आइपुग्नुले यहाँका अभिभावकहरु र विद्यालय परिवारबीचको गहिरो सम्बन्ध स्थापित भईसकेको बताए ।
उक्त कार्यक्रममा समयको पावन्दीमा रहेर पनि समय उपलब्ध गराई कार्यक्रममा आउनु भएका प्रमुख अतिथि, अतिथि, अभिभावकलगायत कार्यक्रम सफल बनाउन अहोरात्र खट्ने विद्यालयको व्यवस्थापन समिति तथा विद्यालय परिवारलाई हार्दिक धन्यवाद ज्ञापन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
तेजबहादुर बन इटहरी । नेपाल सरकारका पर्यटन तथा न... ... ...
तेजबहादुर बन इटहरी । तोकिएको स्थान भन्दा बाहिर... ... ...
इटहरी । २०७४ साल असोज १ गतेबाट प्रदेश १ लाइ हर्न नि... ... ...
इटहरी । माेरङकाे बिराटनगरस्थित नाेबेल मेडिक... ... ...
इटहरी । सुनसरीकाे इटहरी उपमहानगरपालीका वार्ड नं ... ... ...
इटहरी । सुनसरीको इटहरी निवासी जिवन खनाल धरानको एक ... ... ...
Copyright © 2018 - Pradeshdarpan.com All rights reserved