इटहरी राेएकाे त्याे दृस्य : ६ जनाकाे एकैसाथ दाहसंस्कार : मंगलबार सार्वजनिक बिदा 

  • प्रकाशित मितिः फाल्गुन 13, 2076
  • 4545 पटक पढिएको
  • प्रदेश दर्पण

  • तेजबहादुर बन

सुनसरी । चारैतिरबाट कोलाहाल चिच्याएको आवाज , कोहि आमा त कोही बुवा भन्दै डाको छोडर रूनेहरूको दृस्यले छेउबाट गुज्रीने जो कोहिलाइ पनि भावविहल बनाइदिएको थीयो । इटहरीको बुढीघाटमा एकै पटक ६ जनाको शव दाहसंस्कारका लागि ल्याउनु परेको यो पहिलो हृदयबिदारक घटना थीयो ।

माथी ठाउ नपुगेर तल समेत चिता सजाएर एकै पटक ६ जनाको दाहसंस्कार गरिरहदा छेउमै रहेका आफन्तहरू चिच्याएर रोइरहेका थीए ।पूर्व पश्चिम राजमार्ग संग जोडीएको हुनाले मुक्टि घाट तर्फ यात्रुबाहक बसहरू समेत रोकेर त्यो दृस्यहरू अवलोकन गर्ने जो कोहिको आखा पनि रसाएका देखिन्थे ।

केहि घटनाबारे के भएको भनि बुझ्न भिड मध्येका केहिलाइ सोधिरहेका पनि देखिन्थे ।हजारौको स.ख्यामा भेला भएका स्थानीयहरूको जमातले चितामा जलिरहेका ६ जनालाइ अन्तिम श्रद्धाञ्जली स्वरूप नमस्कार गरेर फर्किने क्रम पनि त्यतिकै थीयो ।

गत माघ २३ गते झापा , मोरङ र सुनसरीबाट ३४ जना तिर्थालु बोकेर ३५ दिने तिर्थयात्रामा निस्किएको नेपाली बस भारतको तामिलनाडु प्रान्तको सलेम जिल्लास्थित बेंगलरु नेशनल हाइवेमा दुर्घटना हुदा इटहरी उपमहानगरका ६ जना सहित ८ जनाले ज्यान गुमाएपछि सिंगो इटहरी शोकमा डुबेको थीयो ।दुर्घटनामा इटहरी १०का ६ जनाले ज्यान गुमाएका थिए ।

दुर्टनामा इटहरी वार्ड नं १० स्थित ५६ वर्षका गोपाल तामाङ, ४६ वर्षका वीरबहादुर राई, ५० वर्षका टीकाराम चौधरी, ७० वर्षीय रसिलाल चौधरी, ६६ वर्षीया बुधनी थरुनी, ६५ वर्षीया फूलसरीदेवी चौधरी, ६५ वर्षीया मञ्जु राई रहेका छन् । त्यस्तै, पवनलाल चौधरी, भजनलाल चौधरी र केदार चौधरीको पनि मृत्यु भएको थीयो । मृतकह?को र्पाथवि शररि भारतको तामिलनाडु प्रान्तबाट ५ दिनपछि सोमबार साझ साढे ७ बजे इटहरी ल्याइएकाे थीयाे । 

मृतकहरूको पार्थिव शरिरलाइ अन्तिम श्रद्धाञ्जली दिन इटहरी बजार बन्द गरी हजारौको संख्यामा जनसागर भेलाभएको थीयो । इटहरीको इतिहासमा एकै पटक ६ जनाको दाहसंस्कार गर्नुपरेको हृदयबिदारक दृस्य कहिल्यै देखिएको थिएन बुढिगंगा जमुना मुक्तीघाट संरक्षण समितिका अध्यक्ष हेम घिमिरेले बताए । मृतकहरूर्ला घाट ब्यवस्थापन समितिले सम्पुर्ण खर्चहरू मिनाहा गरेको थीयो ।

दुर्घटनामा परि मृत्युभएकाहरूलाइ स्थानीय सरकार इटहरी उपमहानगर र प्रदेश सरकारले यथाशिघ्र राहत उपलब्ध गराउने प्रतिवद्धता जाहेर गरिएको छ ।दमक नगरपालीकाको मिनि ट्रकमा ल्याइएकोशवहरूलाइ हिन्दु संस्कार अनुसार इटहरीको बुढी गंगाजमुना मुक्तीघाटमा दाहसंस्कारगरिउको थीयो । दाहसंस्कारमा प्रदेश एक सरकारकी उपसभामुखसरस्वती पोख्रेल , नेकपा प्रदेश एक कमिटि , नेपाली कांग्रेस प्रदेश समिति लगायत इटहरीउपमहानगरका मेयर द्वारिकलाल चौधरी , उपमेयर लक्षमी गौतम लगायतको उपस्थिति रहेकोथीयो ।

इटहरी र धरानमामा आज सार्वजनिक बिदा

यसैबिच दुर्घटनाबाट दुखद निधन भएकाहरूकोशोकमा समवेदना प्रकट गर्दै इटहरी उपमहानगरले मंगलबार एक दिन सार्वजनिक बिदाकोघोषणा गरेको छ । घटनाको बिषयलाइ लिएर सोमबार नै आपतकालीनकार्यपालीकाको बैठक बसी एक दिन इटहरीमा सार्वजनिक बिदा दिने निर्णय भए अनुसार आज मंगलबार बिदा घोषणा गरिएको उपमेयर लक्षमी गौतमले बताउनुभयो । बिदाको बिषयमा सोमबार नै उपमहानगरले प्रेसबिज्ञप्ती जारी सबैलाइ जानकारी गराइसकेको जनाइएको छ ।

यता सुनसरीकाे धरान उपमहानगरपालीकाले पनि आज मंगलबार सार्वजनिक बिदा दिएकाे छ । धरानका पूर्व उपमेयर कृष्ण नारायण पालिखेकाे निधन प्रति शाेक ब्यक्त गर्दै कार्यपालीकाकाे बैठकले आज मंगलबार स्थानीय बिदा घाेषणा गरेकाे हाे । पुर्व उपमेयर पालीखेकाे गत आइतबार काठमाण्डाै स्थित मेडिसिटि हस्पिटलमा उपचारकाे क्रममा निधन भएकाे थीयाे । 

प्रतिक्रिया दिनुहोस