धुर्मुस सुन्तलीको सेण्टीभाइरस : कथाबस्तु अलमलिएको नेपाली फिल्म

  • प्रकाशित मितिः फाल्गुन 13, 2076
  • 341 पटक पढिएको
  • प्रदेश दर्पण

  • तेजबहादुर बन

एक महिना यता काठमाण्डौ र उपत्यकाबाहिरका सहरहरूमा धुर्मुर्स सुन्तलीद्वारा अभिनीत नेपाली चलचित्र सेन्टी भाइरसको खुब चर्चा चल्यो । पोस्टरहरू हेर्दा लाग्थियो चलचित्र सुपर हिट र कमेडिमा आधारित छ तर हल सम्म पुगेर फिल्म नियाल्दा कथा बस्तु एकातिर र कलाकार अर्कोतिर अलमलिएको जस्तो देखियो ।

अरूबेला कमेडि फिल्महरू निर्माण भएर हल सम्म पुग्दा ५१ देखि १०१ दिन सम्म हाउस फुल हुने सिनेमा घरहरू अहिले पुरै खाली अवस्थामा छन । फिल्म हेरेर निस्कने जो कोहिले पनि कथा बस्तु पुरानै शैली रहेको , हसाउन खोजिएको तर हास्न मनै नलाग्ने फिल्म भनेर प्रतिक्रिया दिदै फर्कने गरेका छन ।

सुरूवाती समयमा सिताराम कट्टेल अभिनित चलचित्र ६ एकान ६ , वडा नं ६ जस्ता नेपाली कथानक चलचित्रहरू सुपर हिट भएपनि पछिल्लो समय बनेको सेन्टी भाइरसले प्रदेश एकका सिनेमा घरहरूमा त्यति राम्रो ब्यापार गर्न सकेन । सुनसरीको इटहरीस्थित इलाइट सिनेमा घरका सञ्चालक एवम कुसल नेपाली फिल्म निर्देशक छवि ओझाका अनुसार दर्शकहरूले धेरै माया गरेको र रूचाएको कलाकार भएरै पनि फिल्म हेर्न हल सम्म आउने गरेको तर हेरीसकेपछि कतै के के नमिलेको भन्ने खालको प्रतिक्रिया दिने गरेका छन ।

त्यस्तै इटहरीकै सेन्ट्रलप्लाजामा सञ्चालित सिनेफ्लेक्सका ब्यवस्थापक राकेस सिंह पनि यस्तै भन्छन । अन्य नेपाली चलचित्रहरूको तुलनामा सेन्टीभाइरस चलेकै हो भन्न्रुपर्छ तर जुन प्रकारको जनसहभागिता हुनुपर्ने हो त्यो चै छैन सिंहले भने ।यो भन्दा अगाडी चलेका हास्य नेपाली कथानक चलचित्र वडा नं ६ , ६ एकान ६ , छक्का पञ्जा , छक्का पञ्जा २ ,३ र शत्रुगते जस्तो हाउसफुल भने नरहेको सिनेफ्लेक्सका ब्यवस्थापक राकेश सिंह बताउछन । फिल्म सुरू भएको पहिलो दिन ३ सय बढी टिकट बिक्री गरेपनि अहिले प्राय ५० देखि १शय सम्म् टिकट बिक्री भएको उनले बताए ।

गत फागुन ९ गतेबाट देशभर सञ्चालनमा आएको रामबाबु गुरूङद्वारा निर्देशित चलचित्र सेन्टी भाइरसमा हास्य कलाकारको उपनामले संसारभर चिनिएका सिताराम कट्टेल ( धुर्मुस) कुञ्जना घिमिरे ( सुन्तली ) लाइ मुख्य भुमिकामा देख्न सकिन्छ । नेपाल टेलिभिजनबाट प्रसारण हुने हास्य टेलि श्रृङखला मेरी बास्सैबाट दर्शकहरू हसाएर अनी ७२ सालको भुकम्प पछि एकता बस्ति निर्माण गरेर नेपालीहरूको मनमा बस्न सफल मानिएका धुर्मुस सुन्तली अभिनित सेन्टी भाइरसलाइ गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सहयोगार्थ फिल्म भनिएको छ ।

कस्ताे छ फिल्म ?

फिल्ममा थोरै राजनीतिक ब्यंग्य मिसाइएको छ भने केहि सस्पेन्स राखिएको छ तर दिन खोजेको शन्देस के हो त्यतिकै भुलिएको छ । एउटा पहाडी भेगमा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न हुन्छ तर त्यो निर्वाचनमा पैसा हुने पार्टिले जितेको देखाइन्छ भने निस्ठावानको राजनीतिले हारोको देखाउछ ।

त्यस्तै सोहि निर्वाचनमा सुकुम्बासी बस्तिका वासिन्दाहरूलाइ निर्णायक भोट पनि मानिएको छ । फिल्म यहि परिधिभित्र बाधिएर निर्माण भएको छ । मुख्य पात्र भनिएका सिताराम कट्टेल (धुर्मुस) जनउत्थान पार्टीको बलीयो नेताको रूपमा देखा परेका छन भने उनकि श्रीमती कुञ्जना घिमिरे (सुन्तली)  लोकतान्त्रिक पार्टीकि बलीयो महिला नेतृको रूपमा देखाइएको छ ।यसमा सुर्यविक्रम (बसन्त भट्ट) जनउत्थान पार्टीको उम्मेद्वार हुन्छन भने एक पटक चुनाव हारिसकेका खगेन्द्र (राजाराम पौडेल)ले फेरी पार्टीको टिकट पाउछन र चुनाव लडछन तर थोरै मतान्तरले बिपक्षी संग पराजय हुन्छन ।

निर्वाचनको बेला हुने आपसी मनमुटाव र टक्रावले घर र समाजलाइ के कस्तो असर पर्छ त्यो यस फिल्ममा देखाउन खोजिएको छ । उक्त फिलममा मुल आसय त्यतिकै बिलाएको देखिन्छ । निर्वाचन सम्पन्न भइसकेपछि सहर केन्द्रीत नेताको जिवनी हराएर जान्छ भने जुन भोटलाइ निर्णायक बनाइएको छ त्यो सुकुम्बासी बस्तीमा जबरजस्ती ड्रोजर छिराएको देखाइन्छ र फिल्मलाइ अन्तै मोडेको देखिन्छ । यता मोडदा मोडदै कथा बस्तु कता हराएर गए जस्तो फिल्म निर्देशक नै स्वयम भुलिएका छन । फिल्ममा द्वन्द के का लागि त्यसको तात्पर्य छैन । 

करीब १ घण्टा ५५ मिनेटको फिल्ममा बिच बिचमा दर्शकलाइ हसाउने प्रयत्न गरेको पनि देखिन्छ तर सम्वाद भने जस्तो तिखो नहुदा दर्शकले हास्ने मौका त्यति पाएको देखिदैन । फिल्म निर्देशनमा रामबाबु गुरूङ बिचबाटै चिप्लिएको प्रस्ट देखिन्छ । त्यस्तै अर्का मुख्य कलाकार हुन दयाहाङ राइ हास्य बिधामा राम्रै चर्चा पाएका उनले पनि यो फिल्ममा काम गर्ने मौका पाएका छन तर दमदार भुमिका नपाउदा उनको अभिनय पनि खासै दर्शकले रूचाएको पाइदैन ।

फिल्म त्यति रोचक नभएपनि दर्शकहरू धुृमुस सुन्तलीले थालेको सामाजिक काममा सहयोग जुटाउनकै लागि भएपनि हल सम्म पुग्ने गरेका छन । फिल्मलाइ शैलेन्द्र डी कार्कीले छायांकन ,निमेष श्रेष्ठले सम्पादन गरेका छन भने कथा दीपक आचार्य र कुमार कट्टेलको रहेको छ त्यस्तै यस चलचित्रमा डिण्डु लामा योल्मोको लगानी रहेको छ । उक्त फिल्ममा कलाकारहरू दयाहाङ राई, बुद्धि तामाङ, विल्सनविक्रम राई, अञ्जली अधिकारी, राजाराम पौडेल, कमलमणी नेपाल लगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस