इटहरी । मोरङको सुन्दरहरैचा नगरपालीका ७ अन्तरगत गोठगाउमा तिन महिने निशुल्क कम्प्युटर तालिम सञ्चालन भएको छ । सुन्दरहरैँचा नगरपालिकाको आर्थिक सहयोग र स्वरोजगार ट्रेनिङ सेन्टर प्रा।लि। को प्राविधिक सहयोगमा आइतबार देखि औपचारीक रूपमा समुदघाटन सहित ३ महिने निस्शुल्क कम्प्युटर बेशिक तालिमको सुरूवात भएको हो । महिलालाई आत्मनिर्भर बनाउने मुख्य उदेश्यका साथ निस्शुल्क रुपमा तालिम सञ्चालन गरीएको हो ।
सुन्दरहरैँचा नगरपालिकाका प्रत्यक वडाबाट ३र३ जना महिला तथा किशोरी गरी ३६ जनालाई तालिममा सहभागी गराइएको छ ।सुन्दरहरैँचा नगरपालिका वडा न ७ का वडा अध्यक्ष भन्छन् हामिले महिलालाई आत्मा निर्भर बनाउन यस्ता खालका कार्यक्रम सञ्चालन गर्दै आएका छौ , एक घर एक रोजगारको नारालाई मध्यनजर गर्दै महिलाले पनि कम्प्युटर चलाएर सक्षम बन्न सक्छन भन्ने उदाहरण देखाउन निशुल्क कम्प्युटर तालिम सञ्चालन गरेको वडा अध्यक्ष चैतन्यप्रसाद सिटौलाले बताएका छन् ।
कम्प्युटर शिक्षा बिनाको मान्छे अहिले कुहिरोमा रुमलिएको काग जस्तै हुन्छ , हरेक सरकारी वा गैर सरकारी संस्थाहरुमा कम्प्युटर प्रणलि बाट काम हुन थालेको छ यदि अहिले पनि कम्प्युटर नसिके आगामि दिनमा कुनैपनि संस्थामा आवद्ध हुन तथा रोजगारी नपाइने कुरा स्वरोजगार ट्रेनिङ सेन्टरका प्रमुख टंक भण्डारी बताउछन ।
स्वरोजगार ट्रेनिङ सेन्टरले बिभिन्न विधामा छोटो अवधिका तालिमहरु निरन्तर रुपमा सञ्चालन गर्दै आइरहेको कुरा भण्डारी बताउछन् ।त्यस्तै निशुल्क कम्प्युटर शिक्षाबाट महिलाले आउने दिनमा हरेक क्षेत्रमा कम्प्युटर सम्बन्धि काम गर्नुपर्ने भएमा सहज रुपमा गर्न सक्ने कुरा महिला तथा बालबालिका बिकास अधिकृत शुशिला अधिकारि बताउछिन् ।यो निशुल्क तालिम बाट महिलाहरुले आगामि दिनमा प्रभाबकारी रुपमा कार्य गर्न र बजारमा सजिलै रोजगारी पाउन सक्ने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस
इटहरी । निजी क्षेत्रको विकास विना राज्यको विकास न... ... ...
इटहरी । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष त्रृषि... ... ...
इटहरी । सुनसरीको इटहरीमा आज बुधबार देखि ५ दिने १ न... ... ...
इटहरी । माेरङकाे बिराटनगरस्थित नाेबेल मेडिक... ... ...
इटहरी । सुनसरीकाे इटहरी उपमहानगरपालीका वार्ड नं ... ... ...
इटहरी । सुनसरीको इटहरी निवासी जिवन खनाल धरानको एक ... ... ...
Copyright © 2018 - Pradeshdarpan.com All rights reserved