इटहरी । कमेडि च्याम्पियनबाट देशभर चर्चा बटुल्न सफल दले दाइको उपनाम पाएका प्रदेश एकका इटहरी निवासी सुमन कोइरालालाइ आइतबार दिउसो इटहरी उपमहानगरले अभिनन्दन गरेको छ ।
उपमहानगरका मेयर द्वारीकलाल चौधरी , उपमेयर लक्ष्मी गौतम लगायत कर्मचारीहरूको उपस्थितिमा कोइरालालाइ अभिनन्दन गरिएको हो ।
उनलाइ मेयर द्वारीकलाल चौधरीले खादा र अविर लगाइ उपमहानगरमा स्वागत गरेका थीए ।
दलेदाइ भनेर चिनिएका कमेडियन कोइरालाले मेयर चौधरीकै अघाडी उनको क्यारिकेचर गर्दै लोपरिदिन्छु भनेपछि उपमेयर गौतम र उपस्थित कर्मचारीहरूको हासोको फोररा छुटेको थीयो । उनले मेयर र उपमेयरको सामु दलेदाइको क्यारिकेचर पनि गरेका थीए ।
यसैबिच कमेडि च्याम्पियनको फिनालेमा पुग्न सफल कोइरालालाइ अत्याधिक मत दिएर जिताउन इटहरीका मेयर द्वारिकलाल चौधरी र उपमेयर लक्षमी गौतम दुवैले संयुक्त रूपमा समस्य इटहरी वासी तथा देशवासीहरूमा अनुरोध गर्नुभएको छ ।
सुमन इटहरीको मात्र नभइ सिंगो देशको गहना भएकोले कमेडि च्याम्पियनमा अत्याधिक भोट दिएर जिताउन मेयर चौधरी र उपमेयर गौतमले संयुक्त रूपमा अनुरोध गर्नुभएको हो । कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने हास्यबिधा अन्तरगत पहिलो रियालिटी सो कमेडि च्याम्पियनको आगामि चैत्र एक गते काठमाण्डौमा ग्रान्ड फिनाले हुनेछ ।
जसमा रोल्पाका खडग बहादुर पुन , धादिङका हिमेस पन्त र प्रदेश एकको इटहरीबाट एक्लो प्रतिस्पर्धी सुमन कोइरालाबिच प्रतिस्पर्धा हुनेछ भने भाेटकाे आधारमा बिजयि सुनिश्चित गरिने छ ।
प्रतिक्रिया दिनुहोस
इटहरी । निजी क्षेत्रको विकास विना राज्यको विकास न... ... ...
इटहरी । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष त्रृषि... ... ...
इटहरी । सुनसरीको इटहरीमा आज बुधबार देखि ५ दिने १ न... ... ...
इटहरी । माेरङकाे बिराटनगरस्थित नाेबेल मेडिक... ... ...
इटहरी । सुनसरीकाे इटहरी उपमहानगरपालीका वार्ड नं ... ... ...
इटहरी । सुनसरीको इटहरी निवासी जिवन खनाल धरानको एक ... ... ...
Copyright © 2018 - Pradeshdarpan.com All rights reserved