बिद्यार्थीदेखि कर्मचारी सम्म सबैका प्यारा दलेदाइ 

  • प्रकाशित मितिः फाल्गुन 19, 2076
  • 393 पटक पढिएको
  • प्रदेश दर्पण

तेजबहादुर बन 
 
इटहरी । कमेडि च्याम्पियनमा दले दाइकाे भुमिकाबाट लाेकप्रिय बनेका प्रदेश एक इटहरी निवासी सुमन काेइराला अहिले बिभिन्न शहरहरूमा भाेट माग्दै कार्यक्रमहरूमा ब्यस्त देखिन्छन । घर इटहरी भएपनि प्रदेश एककाे बिभिन्न जिल्लाहरूमा उनलाइ चाहने फ्यानहरूकाे अहिले लर्काे नै लाग्ने गरेकाे छ । 
 
कमेडि मार्फत राजनीति तथा समसामयिक बिषयमा चाेटिलाे प्रहार गर्न सक्ने खुबि भएका काेइराला यतिबेला सरकारी कर्मचारी देखि बिद्यार्थिहरू माझ निकै नै लाेकप्रिय देखिएका छन । यहि लाेकप्रियता अहिले उनकाे दैनिकि बनिसकेकाे छ । बिहीबार गृहनगर सुनसरी अाएका काेइराला अहिले दैनिक दर्जनबढी कार्यक्रमहरूमा भाेट माग्न ब्यस्त देखिएका छन । 
 
साेमबार इटहरीकाे जनता कलेज , इनरूवाकाे इनरूवा इङलिस स्कुल लगायत अन्य स्थानमा गरिउकाे स्टेज कार्यक्रमहरमा उनि संग सेल्फि खिचाउने बिद्यार्थीहरूकाे लर्काे लागेकाे थीयाे । 
 
त्यसैगरी अाइतबार धरान   पुगेका काेइरालालाइ उपमहानगरका कर्मचारीहरूले पनि सामुहिक सेल्फि लिनुका साथै उनकाे क्यारिकेचर र ब्यङग्यकाे खुलेरै तारिफ गरेका थीए । 
 

कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने हास्यबिधा अन्तरगत पहिलो रियालिटी सो कमेडि च्याम्पियनको आगामि चैत्र एक गते काठमाण्डौमा ग्रान्ड फिनाले हुनेछ ।

 जसमा रोल्पाका खडग बहादुर पुन , धादिङका हिमेस पन्त र प्रदेश एकको इटहरीबाट एक्लो प्रतिस्पर्धी सुमन कोइरालाबिच प्रतिस्पर्धा हुनेछ भने भाेटकाे आधारमा बिजयि सुनिश्चित गरिने छ ।  

 

प्रतिक्रिया दिनुहोस