इटहरी । सुनसरीको इटहरीस्थित नागि डान्स सेन्टरको आयोजनामा जारी जिल्ला स्तरीय अन्तर बिद्यालय एकल नृत्य प्रतियोगिता अन्तरगत फागुन २२ गते हुने फाइनलको तयारी सबै सकिएको जनाइएको छ । प्रत्येक वर्ष सो सेन्टरले आयोजना गर्दै आएको नाच नाच सिजन ५ अन्तरगत नृत्य प्रतियोगिताको फाइनलको सबै तयारी सकिएको जानकारी दिएको हो ।
गत साउनको पहिलो साता देखि सुरू भएको सो नृत्य प्रतियोगितामा फाइनलका लागि २० जनाबिच प्रतिस्पर्धा रहने छ । सुरूमा तिन सय भन्दा बढीको सहभागिता बाट फाइनलमा चुनिएका २० प्रतिस्पर्धिहरूको प्रस्तुतिको आधारमा प्रथम , दित्य र तृत्य छानिने आयोजक नागि डान्स सेन्टरले जनाएको छ ।
सो प्रस्तुति संगै फाइनलमा छनौट भइ प्रथम हुनेले नगद रू २५ हजार , बिभिन्न गिफ्ट थ्याम्पर ,र निशुल्क तालिमहरू प्राप्त गर्ने अवसर पाउनेछन भने , दृत्य हुनेले नगद रू १५ हजार बिभिन्न गिफ्ट थ्याम्परहरू पाउने छन भने तृित्य हुनेले नगद रू १० हजार र बिभिन्न गिफ्ट थ्याम्परहरू पाउने आयोजक नागि डान्स सेन्टरका बसन्त बस्नेतले बताए ।
इटहरीको ओसियन पार्कमा हुने फाइनलमा जर्जको रूपमा बरिस्ठ नृत्य निर्देशक पनिता तामाङ , नृत्य निर्देशक रेस्मा राइ , दिनेस श्रेस्ठ रहने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
इटहरी । निजी क्षेत्रको विकास विना राज्यको विकास न... ... ...
इटहरी । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष त्रृषि... ... ...
इटहरी । सुनसरीको इटहरीमा आज बुधबार देखि ५ दिने १ न... ... ...
इटहरी । माेरङकाे बिराटनगरस्थित नाेबेल मेडिक... ... ...
इटहरी । सुनसरीकाे इटहरी उपमहानगरपालीका वार्ड नं ... ... ...
इटहरी । सुनसरीको इटहरी निवासी जिवन खनाल धरानको एक ... ... ...
Copyright © 2018 - Pradeshdarpan.com All rights reserved