श्रमिक महिला दिवस र नेपाली महिलाका मुद्दा

  • प्रकाशित मितिः फाल्गुन 25, 2076
  • 275 पटक पढिएको
  • प्रदेश दर्पण

अन्तराष्ट्रिय श्रमिक महिला दिबस(८ मार्च) सँसार भरका महिलाको महत्वपूर्ण दिनको रुपमा मानिन्छ । सन १९१० मा कोपनहेगनमा समाजवादी महिलाको दोस्रो अन्तर्रा्ष्ट्रिय सम्मेलन आयोजना गरियो । यही सम्मेलनमा महिलामुक्ति आन्दोलनकी नेतृ क्लारा जेटकिनले मार्च ८ लाई अन्तर्रा्ष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउने प्रस्ताव गर्नुभयो । सम्मेलनले उहाँको प्रस्तावलाई एकमतले पारित गरयो । आठ मार्चलाई विश्वभर महिलामुक्ति र समानताको आन्दोलनको रूपमा मनाउन थालियो । ८ मार्चलाई विश्वभरका श्रमिक महिलाले मुक्ति आन्दोलनका रुपमा मनाउन थालेको ६५ वर्षपछि संयुक्त राष्ट्र संघले १९७५ मा मार्च ८ लाई अन्तर्रा्ष्ट्रिय दिवसको रूपमा मनाउन घोषणा गरेको हो ।

सन १८५७,८ मार्चकै दिन अमेरिकाको कपडा उद्योगमा काम गर्ने श्रमिक महिलाले समान कामको समान ज्याला,१६ घण्टाकामलाई आठ घण्टा वनाइनुपर्ने माग सहित आन्दोलनमा उत्रिएका थिए । त्यसपछि विभिन्न देशहरुमा कारखानामा काम गर्ने श्रमिक महिला आन्दोलन का लागि संगठित हुँदै आन्दोलन गरेको गौरबपूर्ण इतिहास र हरेक बर्ष स्वतस्फूर्त रुपमा विशाल बिरोधसभा भएका र तत्कालिन शासकहरु लाई थर्कमान बनाएर महिला अधिकार प्राप्ती गरेको दिनको रुपमा आठ मार्चलाई चिनिन्छ ।

१८ घण्टा काम गर्नुपर्ने, महिलाले न्यूनज्याला मात्र पाउने ,भोट हाल्न नपाउने ,उम्मेद्बार बन्न नपाउने, नागरिकता नपाउने ,पेट भर खान नपाउने, सुत्केरी मा आराम नपाउने र यी सब अत्याचारका बिरुद्द आवाज उठाउन नपाउने अबस्थाका विरुद्ध जुट्न र लड्न सक्ने हिम्मत प्राप्ती भएको दिन हुनाले यो दिन महिलाका लागि अत्यन्तै महत्वपूर्ण पर्वको रुपमा लिइन्छ । रुस, अमेरिका, अफ्रिका, बेलायत जस्ता ठूला र शक्तिशाली मानिएका मुलुकहरु बाट सुरुवात हुँदै सँसारभर यसको प्रेरणा ले महिला आन्दोलन अगाडि बढेको छ र सार्थक भएको छ ।

११० औ अन्र्तराष्ट्रिय श्रमिक महिला दिबस सम्म आइपुग्दा जुन समय मा यो दिन को सुरुवात भयो आज बिश्व महिला आन्दोलन त्यही अबस्थामा छैन । (निकै अगाडि बढेको छ) नेपाल मा भने यसलार्इ पञ्चायती ब्यबस्थामा केही घरानिया महिलाहरुले भोज भतेर र रमाइलो गरि नारी दिबसको रुपमा मनाए पनि प्रगतिशिल महिलाले त्यस्ता गतिबिधीले महिला अधिकार प्राप्ती हुदैन भन्दै महिला अधिकारको आवाज उठाउदै २०३६,३७ साल देखि श्रमजीवि महिलाहरुका बिचमा यसको महत्व र नेपाली महिला आन्दोलनसँग जोडेर मनाउन थालियो ।

साच्चै नै ८ मार्च महिला आन्दोलनलाई अगाडि बढाउन कोसेढुङा बन्दै गयो । ३७ साल मा काठमान्डौ ,पोखरा, हेटौंडा , दमक, नेपालगञ्जलगायतका ठूला शहरहरुमा एकैपटक विशाल सभा र रर्याली गरि मनाउदै गर्दा तत्कालिन प्रशासनले दमन गरि धेरै महिलाहरु गिरफ्तार भए, जेल जीबनसमेत बिताएका छ्न । कठोर यातना सहेर पनि जेल भित्र र बाहिरबाट महिला आन्दोलन झन तेज गतिमा अगाडि बढेको इतिहास छ । अखिल नेपाल महिला सङघले देशभर यो आन्दोलनको नेतृत्व गरयो । मलार्इ याद छ दमकको विशाल रर्याली र रर्याली पछि दमक वहुमुखी क्याम्पसमा भएको सभामा म पनि सहभागी थिए । सभा पुरै चल्न नदिइ पञ्चायती सरकारले दमन गरि मञ्चमा आगो लगाएको थियो त्यतिवेला भागेर घर गएको घटना ताजै छ । ती कठोर र कष्टपूर्ण दिन अहिले छैनन त्यसको प्रतिफल नेपाली महिला आन्दोलनको उचार्इ सगरमाथा झै अग्लो छ । संविधानमा महिला अधिकार सुनौला अक्षरमा लेखिएका छ्न ।

महिला मैत्री कानुन निर्माण भएका छ्न । तिनै तहको सरकारमा हाराहारी महिला नेतृत्वले काम गरिरहेका छ्न । यो अबस्थामा आहिले पनि ८ मार्च को सान्दर्भिकता झन बढेर गएको छ । महिला माथी हुने विभिन्न प्रकारका हिंसा, यातना ,बलात्कार, राजनीतिक प्रतिशोध ,चरीत्र हत्याजस्ता महिला हिंसाका स्वरुप फेरिएका छ्न । झन आपराधिक गतिबिधी बढ्दै जाने खतरा छ । राजनीतिमा अपराधिकरण वढदै गएको छ । भ्रष्टाचारले सिमा नाघेको छ । महिलाहरु भ्रष्टाचारको बिरुद्द मा आवाज उठाइरहेका छ्न । हिजो घरभित्रको काममा सिमित महिला आज विभिन्न कार्यलय, सेना ,प्रहरी सुरक्षा निकाय, सामाजिक कार्य, सहकारी, महिला समूह ,पत्रकारलगायत काममा कामकाजी जीवनमा ब्यस्त भएका छ्न । सबै क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका छ्न । यसले पुरुषको तुलनामा महिला नेतृत्व अब्बल हुँदै स्थापित भएका छ्न । गलत र संकुचित सोच भएका ब्यक्तिहरुलार्इ महिला नेतृत्व सहन गारो भएको महशुस हुन थालेको छ ।

महिला माथी झन हिंसा थपिदै छ । महिला हिंसा न्यूनिकरणलगायत महिला शिक्षा महिला स्वास्थ महिला स्वरोजगार नै समृद्धिको आधार बन्न सक्छ त्यता तर्फ अबको यात्रा अगाडि बढ्नु पर्छ । महिलाहरुलार्इ शीप र स्वरोजगारका कार्यक्रमका लागि अझै धेरै काम गर्न जरुरी छ । जसले गर्दा महिलालाई आर्थिक रुपमा आत्मनिर्भर वनाउन सकियोस् । राष्ट्रपति देखि वार्ड वार्डसम्म महिला निर्वाचित भएर काम गरिरहदा कतिपय दुर दराजमा महिलाका समस्या ज्यूँ का त्यूँ छ्न् त्यसैले पितृसत्तात्मक सोच र चिन्तन बिरुद्द फेरि एकपटक सम्पूर्णपक्षका महिला जुट्न जरुरी छ । यी सबै बिषयमा हिम्म्त का साथ अगाडि बड्न नेपाली महिला नेतृत्व तयार हुनु पर्छ । यो अबस्थामा ८ मार्चको सान्दर्भिकता झन बढेको छ ।

देशभर महिलाहरुले निर्बाह गरेको भुमिका, कुशलता, र्कार्यसैली इमान्दारिताको मुल्याङकन गर्न पितृसत्तात्मक सोच र मनोबिज्ञान भएको नेतृत्व तयार छैन । बरु उल्टै सार्बजनिक रुपमा भ्रष्टाचार अनियमितता अनैतिकतामा मुछिएका पुरुष ब्यक्तिहरुलाई स्थापित गर्ने गलत मनोबिज्ञान ब्याप्त छ । त्यसलार्इ परास्त गर्नु आजको नेपाली महिला आन्दोलनको प्रमुख कार्यभार हो भन्ने आम नेपाली महिलाले अनुभुती गरेका छ्न । यो बर्षको ८ मार्चले यो कार्यभार पुरा ।गर्ने शन्देस बोक्न सकोस धेरै धेरै शुभकामना ।
(गौतम इटहरी उपमहानगरपालिकाकी उपमेयर हुन् ।)

प्रतिक्रिया दिनुहोस