धादिङका हिमेस पन्त बने नेपालकै पहिलाे कमेडी च्याम्पियन , पाए यस्ता पुरस्कार

  • प्रकाशित मितिः चैत्र 1, 2076
  • 340 पटक पढिएको
  • प्रदेश दर्पण

इटहरी । हास्य बिधा अन्तरगत नेपालकै पहिलाे रियालिटि साे कमेडि च्याम्पियनकाे उपाधि धादिङका हिमेस पन्तले पाएका छन । शनिबार भएकाे अन्तिम प्रतिस्पर्धामा धादिङका पन्तले अत्याधिक भाेट ल्याएर उपाधि हात पारेका हुन ।धादिङका विजेता पन्तलाई मदन कृष्ण श्रेष्ठ र हरिबंश अाचार्य मह जोडीले पुरस्कार प्रदान गरेका छन ।

उनिसंगै इटहरीका सुमन काेइराला दाेश्राे र राेल्पाका खबपु तेश्राे बनेका छन । बिजेता घाेषित  धादिङका हिमेस पन्तले   कमेडि च्याम्पियनकाे उपाधि संगै नगद रू २५ लाख नयाँ कार र १ लाख नगद  तथा बिभिन्न गिफ्ट ह्याम्पर र बिभिन्न अन्तराष्ट्रीय स्तरका देशहरू घुम्ने अवसर पाएका छन ।

त्यस्तै गरी च्याम्पियनमा दाेश्राे भएका इटहरीका सुमन काेइरालाले  बिभिन्न गिफ्ट ह्याम्पर र बिभिन्न देशहरूकाे भ्रमण गर्ने अवसर पाएका छन भने प्रतियाेगिताकै तेश्राेमा परेका राेल्पाका खबपुले बिभिन्न गिफ्ट ह्याम्पर र अन्तराष्ट्रिय देशहरू भ्रमणकाे अवसर पाएका छन । 

प्रतिक्रिया दिनुहोस